देउखुरीको गोपीनालामा भारतीय कार दुर्घटना, चालकसहित चार जना घाइते
भालुवाङ, १७ साउन — दाङको देउखुरीस्थित राप्ती गाउँपालिका–४ गोपीनालामा आइतबार दिउँसो भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकसहित चार जना भारतीय नागरिक घाइते भएका छन्। इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दिउँसो करिब १:१० बजे भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको यूपी ४४ एएस ८१२४ नम्बरको कार चालकको नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गबाट करिब पाँच फिट तल…


