लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य

देउखुरी (दाङ), जेठ २२, २०८३ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा युवालाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । उहाँले नीति तथा कार्यक्रमकै आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवामैत्री योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनुभएको हाे । लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन २०८३ को भालुबाङ्गमा शुक्रबार उद्घाटन…

वन तथा वातावरण संरक्षण साझा दायित्व:मुख्यमन्त्री आचार्य

देउखुरी (दाङ), जेठ २२, २०८३ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले वातावरण संरक्षणलाई प्रदेश सरकारको उच्च प्राथमिकतामा राखेर काम गरिररहेको बताउनुभएको छ । विश्व वातावरण दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले जलवायुजन्य समस्याहरू दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै वातावरण संरक्षण सबैको प्राथमिकताको क्षेत्र बन्नुपर्ने बताउनुभएको हो । उहाँले पृथ्वीको तापक्रम…

राप्ती गाउँपालिकालाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण पालिका बनाउने तयारी

तुल बहादुर कवँर मगरमसुरिया, २१ जेठ।दाङको राप्ती गाउँपालिकामा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण पालिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणका प्रतिनिधि सुदीप शर्माले गुणस्तरीय सेवा प्रवाह, सुशासन, संस्थागत क्षमता विकास तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्थानीय तहको कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा गुणस्तर व्यवस्थापन…

एआई एक्सरे प्रविधिबाट राप्तीमा क्षयरोग खोजपड्ताल शिविर सञ्चालन हुने

मसुरिया, २० जेठ।दाङको राप्ती गाउँपालिकामा एआई एक्सरे प्रविधिमार्फत सक्रिय क्षयरोग खोजपड्ताल तथा निःशुल्क परीक्षण शिविर सञ्चालन हुने भएको छ। राप्ती गाउँपालिकाको आयोजना, बीएनएमटी नेपाल र नाटाको प्राविधिक सहयोग तथा समन्वयमा सञ्चालन हुने शिविरमा पोर्टेबल एक्सरे मेसिनमार्फत क्षयरोगको प्रारम्भिक परीक्षण गरिनेछ। गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै क्षयरोगका लक्षण देखिएका तथा जोखिम समूहका नागरिकलाई शिविरमा सहभागी…

आगामी आर्थिक वर्षका योजना तथा बजेट मागबारे राप्तीमा सरोकारवालासँग छलफल

मसुरिया, २० जेठ।दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि लुम्बिनी प्रदेश सरकारसँग माग गर्ने बजेट, कार्यक्रम तथा योजनाबारे बुधबार सरोकारवालासँग छलफल तथा सुझाव संकलन गरेको छ। गाउँपालिकामा क्रियाशील राजनीतिक दलका प्रमुख, उद्योगी–व्यवसायीका प्रतिनिधीहरुको सहभागितामा आयोजित कार्यक्रममा आगामी वर्ष सञ्चालन गरिने विकास आयोजना, पूर्वाधार निर्माण तथा जनमुखी कार्यक्रमलाई साझा प्राथमिकतामा राखी प्रदेश सरकारसमक्ष एकीकृत…

स्थानीय कानून निर्माणलाई व्यवस्थित बनाउन प्रदेश सभाको सहकार्य

मसुरिया, १८ जेठ।लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा दाङको राप्ती गाउँपालिकामा प्रदेश सभासँग स्थानीय सभाको कानून निर्माण सम्बन्धी सहकार्य कार्यक्रम सोमबार सम्पन्न भएको छ। स्थानीय तहमा कानून निर्माण प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। गाउँपालिकाको सभाहल मसुरियामा आयोजित कार्यक्रममा स्थानीय तह र प्रदेश सभाबीच कानून निर्माणका विषयमा समन्वय, सहकार्य तथा…

महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर गरिन्छ:मुख्यमन्त्री आचार्य

देउखुरी दाङ, २०८३ जेठ १९, सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले महिला स्वास्थ्य स्वयंसेविकाहरूले जनस्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूको हकहित र मनोबल अभिवृद्धिका लागि प्रदेश सरकार सकारात्मक रहेको बताउनुभएको छ ।नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) लुम्बिनी प्रदेश समितिले सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको माग तथा सुझावपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले…

राप्ती गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

तुलबहादुर कवँर मगरमसुरिया, १६ जेठ ।दाङको राप्ती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। गाउँपालिकाका सबै ९ वटै वडामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्राप्त भएपछि शनिबार एक कार्यक्रमका बीच औपचारिक रूपमा गाउँपालिकालाई दिगोपना घोषणा गरिएको हो। कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयाेजक एवं जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले गाउँपालिकालाई पूर्ण…

गणतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरु पुनः एकजुट हुनुपर्छ: मुख्यमन्त्री आचार्य

देउखुरी, दाङ, बिहीबार, जेठ १५, २०८३ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादी तथा संविधान निर्माणका क्रममा एक ठाउँमा उभिएका शक्तिहरु पुनः एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको १९ औँ गणतन्त्र दिवस मूल समारोहलाई शुक्रबार राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश प्रशासनिक परिसरमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले…

गणतन्त्र दिवसकाे पूर्वसन्ध्यामामा लुम्बिनी प्रदेशमा दिप प्रज्वलन

देउखुरी, दाङ, बुधबार, जेठ १४, २०८३ लुम्बिनी प्रदेश सरकारले १९ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइरहेको छ । दिवसको पूर्वसन्ध्यामा बिहिवार बेलुका राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश राजधानी परिसरमा दीप प्रज्वलन गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले दीप प्रज्वलन गर्दै गणतन्त्र ठूलो त्याग, संघर्ष र बलिदानीबाट प्राप्त ऐतिहासिक उपलब्धि भएकाले…