chautareenews

ए स्टार नेपाल बास्केटबल लिगमा रोमाञ्चक प्रतिस्पर्धा जारी, हिजोका खेलमा डीबीएससहित प्रमुख टिमको जित

२०८३ वैशाख १९ गते बेलायतमा जारी ‘पाँचौँ ए स्टार नेपाल बास्केटबल लिग २०२६’ अन्तर्गत हिजो सम्पन्न खेलहरू अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेका छन्। एल्डरशट र लन्डनमा सञ्चालन भइरहेको प्रतियोगितामा दर्शकको उत्साहजनक उपस्थितिका बीच टिमहरूबीच कडा प्रतिस्पर्धा देखिएको हो। हिजो सम्पन्न खेलमध्ये सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धामा डीबीएसले ग्रीनफोर्ड नाइट्सलाई ८४–८२ को झिनो अन्तरले पराजित गर्दै महत्वपूर्ण जित…

प्रणव–आयुशमानको जोडी पुरुष डबल्समा विजेता

काठमाडौँ, वैशाख २० (शनिबार) — १२औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताअन्तर्गत पुरुष डबल्सतर्फ प्रणव खनाल र आयुशमान हजुर घलेको जोडी विजेता बनेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कोर्टमा सम्पन्न फाइनलमा प्रणव–आयुशमानको जोडीले प्रदीप खड्का र प्रितम परियारको जोडीलाई ६–२, २–६ र ६–३ को सेटमा पराजित गर्दै उपाधि जितेको हो। भेट्रान ३५ वर्षमाथि पुरुष…

मजदुर दिवसको अवसरमा राप्तीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, १ सय ३८ जनाले लिए सेवा

तुलबहादुर कवँर मगरसिसहनियाँ, १८ वैशाख।“१३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस” को अवसरमा दाङको राप्ती गाउँपालिकामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। गाउँपालिकाको आयोजनामा वडा नं. ५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालमा सञ्चालन गरिएको उक्त शिविरबाट १ सय ३८ जना सेवाग्राहीले स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा लिएका छन्। शिविरमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी परीक्षण,…

तिलिचो तालमा आयोजित रेस्लिङ ‘वल्र्ड बुक अफ रेकर्ड’मा समावेश

काठमाडौं, बैशाख १८ गते —नेपाल महिला रेस्लिङ फाउन्डेसनले मनाङस्थित तिलिचो तालमा आयोजना गरेको रेस्लिङ म्याच ‘वल्र्ड बुक अफ रेकर्ड लन्डन’मा समावेश भएको छ। समुद्री सतहबाट ४ हजार ९ सय १९ मिटर उचाइमा अवस्थित विश्वकै अग्ला तालमध्ये एक तिलिचोमा आयोजना गरिएको रेस्लिङ प्रतियोगितालाई उच्च उचाइमा सम्पन्न खेलकुद गतिविधिका रूपमा रेकर्डमा समावेश गरिएको हो। गत नोभेम्बर २६…

१२औं सिटिजन्स बैंक खुला टेनिस: महिला सिंगल्समा शिभाली र स्वस्तिका फाइनलमा

काठमाडौं, बैशाख १८ गते —१२औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताअन्तर्गत महिला सिंगल्सतर्फ शिभाली गुरुङ र स्वस्तिका विष्ट फाइनलमा प्रवेश गरेका छन्। बिहीबार सम्पन्न सेमिफाइनल खेलमा दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि नजिक पुगेका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा भएको खेलमा शिभालीले प्राज्ना मानन्धरलाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरिन्। यस्तै,…

चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल आजदेखि हुँदै

काठमाडौं, बैशाख १८ गते काठमाडौं महानगरपालिका वडा नं. ७ को आयोजनामा हुने चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिता आजदेखि चावहिलस्थित चन्द्रविनायक पार्क मैदानमा हुँदैछ। चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा १९ टोलीको सहभागिता सुनिश्चित भएको आयोजक तथा वडा नं. ७ का अध्यक्ष विमलकुमार होडाले जानकारी दिएका छन्। सेभेन–ए–साइड स्वरूपमा सञ्चालन हुने नकआउट…

बुद्धका उपदेश आत्मसात गर्न मुख्यमन्त्री आचार्यको आह्वान

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले २५७० औँ बुद्ध जयन्तीको अवसरमा शान्ति, सद्भाव र सहिष्णुताको मार्ग अवलम्बन गर्न सबैमा आह्वान गर्नुभएको छ ।बुद्ध जयन्तीका अवसरमा जारी शुभकामना सन्देशमा उहाँले गौतम बुद्ध का उपदेशहरूलाई आत्मसात गर्न सके धार्मिक, सांस्कृतिक र सामाजिक विविधताबीच आपसी सद्भाव र राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको हो…

राप्ती गाउँपालिकाद्वारा एग्रोभेट पसलहरूको आकस्मिक अनुगमन

मसुरिया,१७ बैशाख ।दाङको राप्ती गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न एग्रोभेट पसलहरूको बिहीबार आकस्मिक अनुगमन गरेको छ। गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक कमलापति चौधरीको नेतृत्वमा सम्पन्न उक्त अनुगमन गरिएको हो। अनुगमनका क्रममा नेपाल सरकारकाे सूचीकृत सूचीमा नपरेका धानका बीउहरू विक्री तथा वितरण भइरहेको भन्ने स्थानीय कृषकहरूको गुनासो प्राप्त भएपछि सो विषयको सत्यतथ्य बुझ्न र…

मसुरिया,१७ बैशाख । दाङको राप्ती गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न एग्रोभेट पसलहरूको बिहीबार आकस्मिक अनुगमन गरेको छ। गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक कमलापति चौधरीको नेतृत्वमा सम्पन्न उक्त अनुगमन गरिएको हो। अनुगमनका क्रममा नेपाल सरकारकाे सूचीकृत सूचीमा नपरेका धानका बीउहरू विक्री तथा वितरण भइरहेको भन्ने स्थानीय कृषकहरूको गुनासो प्राप्त भएपछि सो विषयको सत्यतथ्य बुझ्न र गुणस्तरीय बीउको सुनिश्चितता गर्न अनुगमन गरिएको कृषि विकास शाखा प्रमुख बरसाती गडरियाले जानकरी दिनुभयो। अनुगमन टोलीले विभिन्न पसलहरूमा विक्री भइरहेका धानका बीउ, तिनको गुणस्तर, लेबलिङ, दर्ता स्थिति लगायतका विषयमा स्थलगत निरीक्षण गरेको थियो। गाउँपालिकाले कृषकलाई गुणस्तरीय तथा प्रमाणित बीउबिजन उपलब्ध गराउने उद्देश्यले यस्ता अनुगमन कार्यलाई निरन्तरता दिने जनाएको छ। साथै, नियम विपरीत कार्य गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याइने जनाएको छ।

स्वर्गीय कुलराज थापा मगरको सम्झनामा निलसागर सेवा आश्रमलाई सहयोग

तुलबहादुर कवँर मगरसिसहनियाँ,१७ बैशाख ।दाङको राप्ती गाउँपालिका–५ करङ्गेकोट घर भई हाल नेपाल विद्युत प्राधिकरण, बुटवल ग्रिड महाशाखा अन्तर्गत सुनवल सवस्टेशनमा इले सुपरभाइजर पदमा कार्यरत स्वर्गीय कुलराज थापा मगरको सम्झनामा उहाँको परिवारले निलसागर सेवा आश्रमलाई सहयोग प्रदान गरेको छ। राप्ती गाउँपालिका–८ मिलडाँडामा रहेको उक्त आश्रममा बिहीबार खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको हो। स्वर्गीय थापा मगरकी श्रीमती…

मजदुर दिवसको अवसरमा राप्तीमा विशेषज्ञ स्वास्थ्य शिविर हुँदै

तुलबहादुर कवँर मगरमसुरिया,१७ बैशाख ।“१३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस” को अवसरमा दाङको राप्ती गाउँपालिकामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मजदुरहरूलाई लक्षित गर्दै उक्त शिविर सञ्चालन गर्न लागिएको हो। गाउँपालिकाका अनुसार शिविर २०८३ वैशाख १८ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म वडा नं. ५ कालापानी स्थिति राप्ती…