chautareenews

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु, बजेट प्राथमिकता र सुकुम्वासी मुद्दामा चर्को बहस

दाङ, १७ बैशाख। लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन बिहीबारदेखि सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ ।बैठकमा प्रदेश सभा सदस्यहरूले समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् । शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण…

थारु संस्कृति पुस्तान्तरणमा समुदायकाे भूमिका महत्त्वपूर्ण रहन्छ: मुख्यमन्त्री आचार्य

दाङ, १७ बैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत कला, संस्कृति र पहिचानलाई पुस्तान्तरण गर्न समुदाय स्वयंले विशेष पहल लिनुपर्ने बताउनुभएको छ । थारु आयोगले राप्ती उपत्यका (देउखुरी)मा बिहीबार आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले थारु समुदाय मौलिक कला र संस्कृतिमा धनी…

युवा उद्यमशीलतालाई केन्द्रमा राखेर बजेट ल्याउछौंः मुख्यमन्त्री आचार्य

दाङ, १७ बैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिने बताउनुभएको छ । प्रदेश युवा परिषद् विकास समितिले आयोजना गरेको नमुना युवा संसद कार्यक्रममा सहभागी युवाहरूसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा बिहीबार भएको छलफलमा मुख्यमन्त्री आचार्यले युवालाई स्वरोजगार बनाउन उद्यमशीलताको क्षेत्रलाई प्राथमिकतामा राखिने स्पष्ट…

राप्ती गाउँपालिकामा पोषणमैत्री स्थानीय शासन प्रवर्द्धनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

मसुरिया,१७ बैशाख।दाङको राप्ती गाउँपालिकामा पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरीय पोषण तथा खाद्य निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष तथा पालिका स्तरीय पोषण तथा खाद्य निर्देशक समितिका संयोजक प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोषण सुधार, खाद्य सुरक्षा तथा दिगो विकाससँग सम्बन्धित विविध विषयमा छलफल तथा अभिमुखीकरण गरिएको…

चाँगुनारायण राष्ट्रिय ट्रेल रन बैशाख १९ मा: ३६ किमि मुख्य आकर्षण, २५० बढी खेलाडी सहभागि

काठमाडौं, बैशाख १७नेपाल एड्भेन्चर रनिङ महासंघ (एनएआरएफ) को आयोजनामा चाँगुनारायण राष्ट्रिय ट्रेल रन आगामी बैशाख १९ गते शनिबार आयोजना हुने भएको छ। राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै आयोजकले साहसिक तथा पर्यटकीय खेलको रूपमा एड्भेन्चर रनिङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ। महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले…

१२औं सिटिजन्स बैंक खुला टेनिस: प्रदीप र आयुशमान सेमिफाइनलमा

काठमाडौं, बैशाख १७१२औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्सतर्फ प्रदीप खड्का र आयुशमान हजुर घले सेमिफाइनलमा प्रवेश गरेका छन्। बुधबार सम्पन्न क्वार्टरफाइनलमा प्रदीपले सक्षमविक्रम शाहलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाए। आयुशमानले भने निहालजंगबहादुर थापाविरुद्ध प्रतिस्पर्धात्मक खेलमा ६–३, ४–६ र ६–३ को सेटमा जित निकाल्दै सेमिफाइनल यात्रा तय…

एसियाली बिच खेलकुदमा कांस्य जितेको कबड्डी टोलीको भव्य स्वागत

काठमाडौं, बैशाख १६छैटौं एसियाली बिच खेलकुदअन्तर्गत महिला कबड्डीमा कांस्य पदक जितेको नेपाली टोली बुधबार स्वदेश फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीको भव्य स्वागत गरिएको छ। टोलीलाई युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, नेपाल कबड्डी संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा परिवारजनले स्वागत गरेका थिए। चीनको सान्यामा अप्रिल २३ देखि २७…

पोखरामा पहिलो पटक महिला गोल्डकप: चार शीर्ष क्लबबीच प्रतिस्पर्धा, बैशाख १८ देखि सुरु

पोखरा, बैशाख १७पोखरामा पहिलो पटक महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। आरएस फुटबल क्लबको आयोजनामा शुक्रबार (बैशाख १८) देखि सुरु हुने प्रतियोगितामा चार क्लबको सहभागिता रहने आयोजकले जनाएको छ।बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रमेश कार्कीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। प्रतियोगितामा आयोजक आरएस पोखरा फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा…

धानखोला-लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

दाङ, वैशाख १६ गते । पूर्व-पश्चिम राजमार्गअन्तर्गत करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य औपचारिक रूपमा सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम प्रारम्भ गर्नुभएको हो । यस सडक स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र सुपरपेभ आस्फाल्ट जस्ता अत्याधुनिक प्रविधि…

टेक्सपायर कर्पोरेट टी–१० लिगको दोस्रो दिन रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्।

पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेललाई २ रनले पराजित गर्दै रोमाञ्चक जित दर्ता गर्‍यो। क्लाउड फ्याक्ट्रीले १० ओभरमा ९९ रन बनाएकोमा कप्तान सुबोध ढुंगेलले अविजित ५२ रनको उत्कृष्ट योगदान दिए। जवाफमा एनसेल ९७ रनमै सीमित रह्यो। सुबोध ढुंगेल ‘म्यान अफ द म्याच’ घोषित भए। दोस्रो खेलमा सुबिशुले सिप्रडीलाई ७ विकेटले हरायो। सिप्रडीले १०७ रन बनाएको लक्ष्य…