chautareenews

उठिबास रोक्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

दाङ । भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका प्रतिनिधिहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष ज्ञापनपत्र बुझाएका छन् । संघर्ष समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको ज्ञापनपत्रमा आवास, जीविकोपार्जन र खाद्य सुरक्षालाई नागरिकको मौलिक हक भएको उल्लेख गर्दै विकल्प नदिई गरिब नागरिकलाई उठिबास गर्नु मानवअधिकारविपरीत हुने जनाएको छ । ज्ञापनपत्रमा सरकारले देशका विभिन्न स्थानमा, विशेषगरी लुम्बिनी…

लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु

दाङ । लुम्बिनी प्रदेश सरकारले आफ्नै नव निर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रबाट दैनिक कामकाजको शुभारम्भ गर्नुभएको हो । उहाँले संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको उल्लेख गर्नुभयो ।`सात प्रदेशमध्ये लुम्बिनी प्रदेश राजधानी…

“लालपुर्जा छ, जमिन छैन”—सुकुम्बासीको पीडा सडकमा

देउखुरी, दाङ, बैशाख २० गढवा गाउँपालिका–१ को कालाकाटे क्षेत्रमा अव्यवस्थित बसोबासी तथा सुकुम्बासीहरूले स्थानीय स्तरमै विरोध प्रदर्शन गरेका छन्। आइतबार अपरान्ह करिब ३ बजे आयोजित कार्यक्रममा वडा नम्बर १ अन्तर्गतका धानखाला, तिनखण्डे, टहडा, धोद्रे, कालाकाटे, मलमला, बनघुस्री र बडहरा लगायतका बस्तीबाट आएका स्थानीयहरूको सहभागिता रहेको थियो। प्रदर्शनकारीहरूले कालाकाटे चोकबाट महेन्द्र राजमार्गसम्म नाराजुलुस निकाल्दै केहीबेर सडकमा…

सुकुम्वासी समस्या समाधानका नाममा नागरिकलाई वेघरबार बनाउने काम भइरहेको छ: मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुकुम्वासी समस्या समाधान गर्ने नाममा नागरिकलाई वेघरबार बनाउने काम भइरहेको टिप्पणी गर्नुभएको छ । प्रगतिशील लेखक संघ रुपन्देहीद्वारा आइतबार बुटवलमा आयोजित नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठद्वारा लिखित ‘अठोट’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले यस्तो बताउनुभएको हो । उहाँले भूमिहीन र सुकुम्वासीको समस्या…

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया च्याम्पियन

काठमाडौं, २०८३ वैशाख २० गते काठमाडौं नजिकै सम्पन्न चाँगुनारायण राष्ट्रिय ट्रेल रन प्रतियोगितामा नेपाल आर्मीका राजन रोकाया र जुम्लाकी सुनमाया बुढा च्याम्पियन बनेका छन्। नेपाल एडभेन्चर रनिङ महासंघ (एनएआरएफ) को आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा खुला ३६ किलोमिटर दूरीतर्फ पुरुषमा राजन र महिलामा सुनमायाले शीर्ष स्थान हासिल गरेका हुन्। राजनले निर्धारित दूरी २ घण्टा ६ मिनेट…

पोखरा महिला गोल्डकप: संकटालाई हराउँदै आर्मी फाइनलमा

वैशाख  १९, पोखरा पोखरा — त्रिभुवन आर्मी क्लब पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा शनिबार सम्पन्न सेमिफाइनल खेलमा संकटालाई ४–२ गोलअन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो। पोखरा रंगशालास्थित फुटबल मैदानमा सम्पन्न खेलमा आर्मीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा थप…

राप्ती आधारभूत अस्पताल कालापानीद्वारा भ्रामक समाचारप्रति आपत्ति, कानुनी कारबाहीको चेतावनी

वैशाख १९, देउखुरी, दाङ राप्ती आधारभूत अस्पताल कालापानीले आफ्नो विषयमा विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रकाशित भ्रामक समाचारप्रति गम्भीर आपत्ति जनाएको छ। अस्पतालले एक विज्ञप्ति जारी गर्दै यस्ता सामग्रीले आम नागरिकमा अनावश्यक भ्रम सिर्जना गरेको जनाएको हो। अस्पतालका अनुसार सत्य र तथ्यमा आधारित नभई समाचार प्रकाशन गर्नु, समाजमा भ्रम फैलाउनु तथा व्यक्तिगत रूपमा ब्ल्याकमेलिङ…

गढवा गापा वडा नम्बर १ मा जग्गा व्यवस्थापन अभियान गठन

भानु जि.एम. वैशाख १९, कालाकाटे । दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्ने धानखोला, चिसापानी , जुरौनी, कालाकाटे, धोद्रे, टहडा , मलमला, वनघुस्री, वनबारी, बडहरा , पत्रीङ्गा र जेठानगाउँका जनताहरु स्वत: स्फूर्त रुपमा आज कालाकाटेमा जम्मा भएर चित्रबहादुर महताराको संयोजकत्वमा २५ सदस्यीय सुकुम्वासी, भूमिहीन, अव्यवस्थित जग्गा व्यवस्थापन अभियान गठन गरेका छन् । अभियानलाई…

१९ टिम सहभागीसहित सेभेन–ए–साइड प्रतियोगिता सुरु

काठमाण्डौ, २०८३ वैशाख १९ गते वडा ७ को आयोजनामा सुरु भएको सेभेन–ए–साइड नकआउट प्रतियोगिता एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। प्रतियोगिताको उद्घाटन आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडाले गरेका हुन्। प्रतियोगितामा कुल १९ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। नकआउट प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगिताले स्थानीय खेलप्रेमीहरूबीच उत्साह थपेको छ। प्रतियोगिताअन्तर्गत विजेता टिमले ३० हजार रुपैयाँ…

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

काठमाण्डौ, २०८३ वैशाख १९ गते दोस्रो पुष्पराज स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत महिला सिंगल्सतर्फ नेपाल प्रहरीकी नविता श्रेष्ठ, एभीएमकी वियंका राई, एभीएमकी इभाना थापा र भिजन टेबलटेनिस एकेडेमीकी योङगी पौडेल सेमिफाइनलमा प्रवेश गरेका छन्। शुक्रबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न क्वाटरफाइनल खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै चारै खेलाडीले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्। नविता…