एकैसाथ ४२ उपसचिवको सरुवा, केही जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि हेरफेर
काठमाडौं, २० असार । सरकारले एकैपटक ४२ जना उपसचिवको सरुवा गरेको छ।
गृह मन्त्रालयका अनुसार शुक्रबार भएको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयमा कार्यरत ४२ जना उपसचिवको सरुवा गरिएको हो।
यससँगै केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको पनि सरुवा तथा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ।
सरुवासम्बन्धी विस्तृत नामावली गृह मन्त्रालयले सार्वजनिक गरेको छ।
हेर्नुस् सूची :


