राप्तीमा सर्प उद्धार तथा पुनःस्थापनासम्बन्धी तालिम सम्पन्न
मसुरिया, २४ बैशाख ।दाङको राप्ती गाउँपालिकाले विषालु सर्प उद्धार तथा पुनःस्थापनाका लागि सीप तथा प्राविधिक सहयोगसम्बन्धी तालिम सञ्चालन गरेको छ। बिहीबार आयोजित तालिममा विषालु तथा अविषालु सर्पको पहिचान, सर्पको टोकाइबाट बच्ने उपाय, उद्धार प्रक्रिया तथा पुनःस्थापनाका विषयमा जानकारी गराइएको थियो। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जैविक विविधताको संरक्षण तथा सर्पलाई पनि प्रकृतिमा बाँच्न पाउने अधिकार सुनिश्चित…


