chautareenews

मुख्यमन्त्री आचार्य र स्वीस सहयोग प्रमुख मायरबीच भेटवार्ता

संघीयता सुदृढीकरण र प्राविधिक शिक्षामा जोडदाङ, ३१ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य संग स्विट्जरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायर ले सिष्टाचार भेटवार्ता गर्नु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री आचार्यले प्रदेशलाई समृद्ध बनाउन प्राविधिक शिक्षाको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले दक्ष जनशक्ति उत्पादन, नव प्रवर्तन र सीपमूलक शिक्षामार्फत…

राप्तीमा राष्ट्रिय सरसफाइ सप्ताह सुरु हुँदै

मसुरिया, ३१ बैशाख । दाङको राप्ती गाउँपालिकामा जेठ १ गतेदेखि राष्ट्रिय सरसफाइ सप्ताह सुरु हुने भएको छ। नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको निर्देशन तथा गाउँ कार्यपालिकाको निर्णयअनुसार “स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण” निर्माण गर्ने उद्देश्यसहित सप्ताहव्यापी अभियान सञ्चालन गरिन लागिएको हो। जेठ १ देखि ७ गतेसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत सार्वजनिक स्थल, सडक, विद्यालय,…

राष्ट्रिय परीक्षा बोर्डद्वारा ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक

काठमाडौं, जेठ ३१ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) ग्रेडवृद्धि परीक्षा २०८३ को समय तालिका सार्वजनिक गरेको छ । बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिने जनाइएको छ । परीक्षा सम्बन्धी विस्तृत तालिका बोर्डको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको छ ।

डकुमेन्ट्री ‘माटोदेखि मैदानसम्म’ स्क्रिनिङसँगै एनकेएलको एन्थम सार्वजनिक

काठमाडौं । २०८३ साल वैशाख ३० गते बुधबार नेपाली कबड्डीको इतिहास, संघर्ष र सफलताको यात्रालाई समेट्दै तयार पारिएको डकुमेन्ट्री ‘माटोदेखि मैदानसम्म’ बुधबार स्क्रिनिङ गरिएको छ । नेपाल कबड्डी लिग (एनकेएल) दोस्रो सिजनको तयारीअन्तर्गत आयोजित कार्यक्रममा एनकेएलको आधिकारिक एन्थम सङ पनि सार्वजनिक गरिएको हो । लबिम मल, पुल्चोकस्थित क्यूएफएक्समा आयोजित कार्यक्रममा प्रदर्शन गरिएको डकुमेन्ट्रीले भगवान् गौतम…

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार, कार्यान्वयनमुखी बजेट बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन

३० बैशाख दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले आगामी साउन १ गतेदेखि कार्यान्वयन हुनेगरी मन्त्रालय संख्या घटाउने तयारी अघि बढाइएको बताउनुभएको छ । प्रदेश विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा समावेश गरेर मन्त्रालय संख्या घटाउने प्रक्रिया अघि बढाइने जानकारी दिनुभएको हो ।उहाँले असार १५ देखि २० गतेभित्र मन्त्रालय मातहतका…

राप्ती गाउँपालिकाद्वारा मुस्लिम छात्रा लक्षित एमबीबीएस छात्रवृत्तिमा आवेदन आह्वान

मसुरिया, ३० बैशाख ।दाङको राप्ती गाउँपालिकाले मुस्लिम समुदायका छात्रालाई लक्षित गर्दै एमबीबीएस छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम तथा बजेट अन्तर्गत “मुस्लिम छात्रा चिकित्सा शिक्षा (एमबीबीएस) छात्रवृत्ति” कार्यक्रम अन्तर्गत बुधबार सूचना प्रकाशित गरि आवेदन आव्हान गरेको हो । मुस्लिम समुदायका छात्राहरुको चिकित्सा शिक्षामा पहुँच अभिवृद्धि गर्ने…

जनता मावि कालाकाटेको विव्यस अध्यक्षमा योगी

भानु जीएम वैशाख २९, दाङ । दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर १ , कालाकाटे स्थित श्री जनता माध्यमिक विद्यालय कालाकाटेको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजकुमार योगी चयन हुनुभएको छ । नेपालको केही ऐन संशोधन – २०८३ को नाबाट आएको अध्यादेश मार्फत देशैभरिका विद्यालयहरुलाई विद्यालय व्यवस्थापन समिति गठन/पुनर्गठन गर्न निर्देशन गरिएको थियो । अध्यादेश मार्फत…

धर्म, संस्कृतिको संरक्षण र नैतिक शिक्षाबाट मात्रै समाज सुधार सम्भव:मुख्यमन्त्री आचार्य

२०८३ साल बैशाख २९ गते बर्दिया  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मानिसमा सेवाको भावना विकास गर्दै समाज परिवर्तन गर्न सकिने बताउनुभएको छ ।श्रीकृष्ण प्रणामी मन्दिर एकाई सेवा समितिले मधवुन–४ ढोढरी, बर्दियामा ८ औं बार्षिकोत्सव तथा गुरु श्यामदासजीको ३२ औं बार्षिक पुण्य तीथिको अवसरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री आचार्यले समाज रुपान्तरण गर्न, समाजमा रहेका बैरभाव…

संघीय सरकारको रवैयाले विपन्न नागरिक विस्थापनको जोखिम बढ्यो : मुख्यमन्त्री आचार्य

२०८३ साल बैशाख २९ गते बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले संघीय सरकारको रवैयाका कारण विपन्न नागरिक विस्थापन हुनुपर्ने परिस्थिति निर्माण भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । मधुवन नगरपालिकामा विभिन्न संघसंस्था तथा राजनीतिक दलका अगुवासँग मंगलबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघीय सरकारले बहुमतको दम्भ निमुखा नागरिकमाथि देखाइरहेको आरोप लगाउनुभयो ।…

एसईई २०८२ को नतिजा सार्वजनिक : ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

अघिल्लो वर्षभन्दा ४.१७ प्रतिशत सुधार, २९ दिनमै प्रकाशित गरियो नतिजा काठमाडौं, वैशाख २८, २०८३ ।राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सोमबार सार्वजनिक गरेको छ । यस वर्ष कुल परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा सचिव चूडामणि पौडेलले पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गर्दै अघिल्लो वर्षको तुलनामा यसपटक ४.१७ प्रतिशतले…