chautareenews

निहाल, प्रदीप र निसान विजयी, टेनिस प्रतियोगिता र टी–१० लिगमा प्रतिस्पर्धा तीव्र

काठमाडौं, बैशाख १४ — १२औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्समा निहालजंगबहादुर थापा, प्रदीप खड्का र निसान श्रेष्ठ विजयी भएका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा सोमबार सम्पन्न खेलमा निहालले सास्वत वज्राचार्यलाई ६–३, ६–७ र ६–४ को प्रतिस्पर्धात्मक सेटमा हराए। प्रदीपले अंकित प्रमाणिकलाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दा निसानले दीर्घायु लामालाई…

पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य

दाङ, वैशाख १४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध भएर अघि बढिरहेको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–११ सुकौराकोटस्थित थारू राजा दंगीशरण दरबार क्षेत्रको अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले यस्तो बताउनुभएको हो । ‘पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध भएर काम गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘हामी पुरातात्विक सम्पदामा…

धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

दाङ, वैशाख १४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक स्थल तथा मठ–मन्दिरलाई पर्यटनसँग जोड्दै समृद्ध प्रदेश निर्माणको अभियानमा प्रदेश सरकार अघि बढेको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१३, अम्बापुरस्थित मदन बाबा भक्ति केन्द्रमा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्राचीन सभ्यता र मानव विकाससँग जोडिएका स्थलहरूको प्रवद्र्धनबाटै प्रदेशले समृद्धि हासिल गर्ने बताउनुभयो…

विश्वकै प्रदूषित सहर काठमाडौं

काठमाडौं, वैशाख १३ पश्चिमी वायु र स्थानीय मौसमी प्रणालीको संयुक्त प्रभावका कारण देशका विभिन्न क्षेत्रमा आंशिकदेखि मध्यम बदली देखिएको छ। राजधानी काठमाडौं उपत्यकामा आज बिहान हल्का वर्षा भए पनि हाल आकाश धुम्मिएको अवस्थामा रहेको छ। कमजोर भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तर्फ आउँदै गरेका तीन अन्तर्राष्ट्रिय उडानसहित केही आन्तरिक उडानहरू अन्य विमानस्थलतर्फ डाइभर्ट गर्नुपरेको विमानस्थल…

नेपाली केम्पो टोलीलाई एक स्वर्णसहित २५ पदक

काठमाडौं, वैशाख १३काठमाडौं – नेपाली केम्पो (मार्सल आर्ट्स) टोलीले टर्कीमा सम्पन्न २२औं आइकेएफ विश्व केम्पो च्याम्पियनसिप २०२६ मा एक स्वर्णसहित कुल २५ पदक जित्दै ऐतिहासिक सफलता हात पारेको छ। टर्कीको एन्टाल्या शहरमा आयोजित उक्त प्रतियोगितामा नेपाली टोलीले पाँच विभिन्न विधामा प्रतिस्पर्धा गर्दै एक स्वर्ण, ६ रजत र १८ कांस्य पदक जितेको हो। यस उपलब्धिलाई नेपाल…

उमा कुङफुद्वारा विश्व ताइची तथा छिगोङ दिवस भव्य रूपमा मनाइयो

काठमाडौं, बैशाख १२काठमाडौं । नेपालमा पनि विश्व ताइची तथा छिगोङ दिवस शनिबार विभिन्न कार्यक्रमका साथ मनाइएको छ। नेपाल उमा कुङफु संघले हरेक वर्षझै यस वर्ष पनि विशेष कार्यक्रम आयोजना गरी दिवस मनाएको हो। बूढानीलकण्ठ नगरपालिका–३ स्थित बूढानीलकण्ठ मन्दिर परिसरमा आयोजित कार्यक्रमको उद्घाटन नगरपालिकाकी उपमेयर अनिता लामाले गरिन्। बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ को सहयोगमा सम्पन्न…

तार्केश्वर नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन

काठमाडौं, वैशाख ११ । तार्केश्वर नगरपालिका १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ मा लगातार तेस्रो पटक च्याम्पियन बनेको छ। काठमाडौँ जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै तार्केश्वरले समग्र उपाधि आफ्नो नाममा पार्न सफल भएको हो। प्रतियोगितामा तार्केश्वर नगरपालिकाले ४४ स्वर्ण, १३ रजत र २४ कांस्य पदक जित्दै शीर्ष स्थान हासिल गरेको छ।…

राप्तीमा आधारभूत स्काउट तालिम सुरु

मसुरिया, वैशाख ११ गते ।दाङको राप्ती गाउँपालिकामा ४६३ औँ पी.टी.सी. अन्तर्गत ६ दिने स्थानीय आधारभूत स्काउट तालिम सुरु भएको छ।तालिम वडा नं. ३ मसुरियास्थित दुर्गा भवानी आधारभूत विद्यालयमा सुरु भएको हाे। राप्ती गाउँपालिकाको आयोजना तथा स्थानीय स्काउट कार्यालय राप्तीको व्यवस्थापनमा सुरु भएको उक्त तालिमको उद्घाटन शुक्रबार गाउँपालिका अध्यक्ष तथा स्थानीय स्काउट संरक्षक प्रकाश विष्टले गर्नुभएको…

नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौंः मुख्यमन्त्री आचार्य

दाङ, बैशाष ११ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने र संघीयताको सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत प्रादेशिक निर्देशक समितिको तेस्रो बैठकलाई राप्ती उपत्यका(देउखुरी)मा शुक्रबार सम्बोधन गर्दै उहाँले स्थानीय तहसँग समन्वय बढाउँदै जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिनुभएको हो ।…

घोराहीमा ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला १० कि.मि. रोड रेस’ हुदै, सम्पूर्ण तयारी पुरा

दाङ, बैशाष ११ गते । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा बैशाख १२ गते शनिबार घोराहीमा हुने ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० कि.मि. रोड रेस प्रतियोगिता-२०८३’को सम्पूर्ण तयारी पुरा भएको छ । यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य प्रतियोगिताकाे पूर्णसफलताकाे शुभकामना व्यक्त गरेका छन ।परिषद्का सदस्य सचिव तिरणदाज गौतमका अनुसार प्रतियोगिता बिहान साढे…