लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै
देउखुरी, दाङ, ९ गते । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पन्ध्रौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा विभिन्न विधेयक, प्रतिवेदन तथा समसामयिक विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ । कार्यसूची अनुसार बैठकको सुरुमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा धारणा राख्नेछन् । त्यसपछि प्रदेश मामिला तथा कानून समितिका सभापति…


