लुम्बिनी प्रदेश सभाले सर्वसम्मत पारित गर्यो दलित अधिकारसम्बन्धी विधेयक

देउखुरी, दाङ, ८ गते । लुम्बिनी प्रदेश सभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । सातौं अधिवेशनको १४ औं बैठकमा सभामुख तुलाराम घर्तीमगरले उक्त विधेयक सर्वसम्मत रूपमा पारित भएको जानकारी गराउनुभयो । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ माथि छलफल…

लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत चौधौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको छ । बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि…

इन्धन मूल्यवृद्धिविरुद्ध प्रदेश सभामा चल्यो बहस, तत्काल फिर्ताको माग

देउखुरी, दाङ, ७ गते । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत १३ औं बैठकमा प्रदेश सभा सदस्यहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनजीवनमा गम्भीर असर परेको भन्दै तत्काल निर्णय फिर्ता लिन संघीय सरकारसँग माग गरेका छन् ।बैठकमा बोल्दै प्रदेश सभा सदस्य कृष्णा कुश्मा थारुले पेट्रोलियम पदार्थमा गरिएको नीतिगत व्यवस्थाले राज्यलाई नोक्सानी र व्यवसायीलाई फाइदा पुगेको आरोप लगाउँदै मूल्यवृद्धिको…

इसिडिएफ प्रशिक्षार्थीलाई विद्यालयमा ‘वजिटि’ गराउने सहमति, १९ महिने अभ्यास कार्यक्रम अघि बढ्दै

बालकृष्ण थापादेउखुरी, दाङ, ६ गते ।आदर्श नमुना माध्यमिक विद्यालय, लालमटियामा इसिडिएफ (ECDF) सम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व हेमराज भण्डारीले गर्नुभएको थियो भने इन्स्योर परियोजनाका प्राविधिक संयोजक राजकुमार सोती मगर प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा टेक्निकल अफिसर पप्पु चौधरी, विद्यालयका प्रधानाध्यापक खेतुलाल पौडेलसहित विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो। शिक्षिका…

लुम्बिनी प्रज्ञान प्रतिष्ठान विधेयक दफावार छलफलकागि समितिमा पठाईयो

देउखुरी, दाङ ६ गते। लुम्बिनी प्रदेश सभा बैठकले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’ दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ । सातौं अधिवेसनको आज बसेको १२ औं बैठकले उक्त विधेयक दफावार छलफलकालागि समितिमा पठाएको हो । बैठकमा उक्त प्रस्ताव उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेको तर्फबाट भौतिक…

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

दाङ । लुम्बिनी प्रदेश सभा को सातौं अधिवेशन अन्तर्गत १२औं आज आइतबार दिउँसो १ बजे बस्दै छ । बैठकका लागि तीन वटा कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकको सुरुवातमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।यस्तै, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपाने…

“स्वास्थ्य नै धन हो” नारासहित ‘मि. काठमाडौँ–२०८३’ शारीरिक सुगठन प्रतियोगिता भव्य तयारीमा

काठमाण्डौ ५ गते“स्वास्थ्य नै धन हो” भन्ने मूल नारालाई आत्मसात् गर्दै नेपाल शारीरिक सुगठन तथा फिटनेस क्षेत्रमा एक महत्वपूर्ण राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको तत्वावधानमा काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले राष्ट्रिय स्तरको ‘मि. काठमाडौँ शारीरिक सुगठन प्रतियोगिता–२०८३’ आयोजना गर्ने तयारी गरेको हो। आयोजकका अनुसार आगामी भाद्र…

राप्ती गाउँपालिकाद्वारा विद्यार्थी भर्ना अभियान र शैक्षिक गतिविधि सञ्चालनबारे सूचना जारी

लालमटिया, दाङ, बैशाष ३ । राप्ती गाउँपालिकाको कार्यालयले शैक्षिक सत्र २०८३ सञ्चालन तथा व्यवस्थापनका लागि विद्यार्थी भर्ना अभियान र विभिन्न शैक्षिक क्रियाकलाप सञ्चालनसम्बन्धी सूचना सार्वजनिक गरेको छ । गाउँ कार्यपालिकाको २०८३ साल बैशाख ३ गते बसेको बैठकको निर्णयअनुसार गाउँपालिकाभित्रका सबै विद्यालयलाई निर्धारित कार्यतालिकाअनुसार कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको हो । जारी सूचनाअनुसार बैशाख ४ गतेदेखि…