रसुवा बाढीका विभत्स तस्वीर र भिडियो सामाजिक सञ्जालमा नराख्न लुम्बिनी प्रदेश सरकारको आग्रह

दाङ २०८३ भाद्र १६ मंगलबार लुम्बिनी प्रदेश सरकारले रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट भएको मानवीय क्षतिको संवेदनशीलतालाई ध्यानमा राख्दै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा विभत्स तथा हृदयविदारक प्रकृतिका तस्वीर, भिडियो लगायतका सामग्री नराख्न नागरिकलाई आग्रह गरेको छ ।मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को १६ औँ बैठकले यस्तो निर्णय गरेको हो ।…

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने

दाङ भालुबाङ,१५ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश सरकारका मन्त्रीहरूले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएका छन् । रसुवा लगायतका क्षेत्रमा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिपछि विपद् प्रभावितको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले मुख्यमन्त्री र मन्त्रीहरूले १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेका हुन् ।मुख्यमन्त्री…

राप्तीमा लुम्बिनी पुस्तकालय तथा अनुसन्धान केन्द्र गठन

तुल बहादुर कवँर मगर भालुबाङ,१५ भदौ ।दाङको राप्ती गाउँपालिकामा लुम्बिनी पुस्तकालय तथा अनुसन्धान केन्द्र गठन गरिएको छ। १९औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा सोमबार आयोजित भेलाले गणेश आचार्यको अध्यक्षतामा दुई सदस्य पछि थप गर्ने गरी १९ सदस्यीय तदर्थ समिति गठन गरेको हो। समितिको उपाध्यक्षमा प्रकाश शाही, महासचिवमा जगतप्रसाद पोख्रेल र कोषाध्यक्षमा डिलाराम पौडेल चयन हुनुभएको छ।…

सीप र सिर्जनशीलतालाई समाज सेवासँग जोड्नुपर्छ : अध्यक्ष विष्ट

भालुवाङ, १३ भदौ ।राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले युवाको सीप, क्षमता र सिर्जनशीलतालाई समाज सेवासँग जोड्नुपर्ने बताउनु भएकाे छ। आशाका किरण संस्थाको पाँचौँ वार्षिक साधारणसभाको शनिबार राप्ती गाउँपालिका–१, भालुवाङमा उद्घाटन गर्दै अध्यक्ष विष्टले समाज परिवर्तन र सेवामूलक कार्यलाई प्रभावकारी बनाउन सीप तथा सिर्जनशीलताको उपयोग आवश्यक रहेको बताउनु भएको हाे। अध्यक्ष विष्टले समाज सेवा आर्थिक सहयोगमा…

सुरक्षित रूपमा चाडपर्व मनाउन र विपद्प्रति सचेत रहन लुम्बिनीका मुख्यमन्त्री आचार्यको आग्रह

दाङ, २०८३ भदौ १२ लुम्बिनी प्रदेशका मुख्मन्त्री चेतनारायण आचार्यले चाडपर्वहरू संस्कृति र परम्परा मात्र नभई पर्यटन प्रवर्धन तथा स्थानीय अर्थतन्त्रको विकासका मुख्य आधार भएको बताउनुभएको छ । जनै पूर्णिमाको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उहाँले सांस्कृतिक विविधता, धार्मिक तथा ऐतिहासिक सम्पदा र प्राकृतिक सौन्दर्यलाई समृद्धिको आधारसँग जोडेर पर्यटन र स्थानीय उत्पादनको प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभएको…

रसुवामा भोटेकोशीको भीषण बाढी : टिमुरे–स्याफ्रुबेँसीमा ठूलो क्षति, उद्धार तीव्र

काठमाडौं , १० भदौ २०८३ रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढीले टिमुरे, स्याफ्रुबेँसी, रसुवागढीलगायत क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीले बस्ती, बजार, सडक, पुल, सुरक्षा निकायका संरचना तथा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको प्रारम्भिक विवरण छ। बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी खोज तथा उद्धार कार्य…

रसुवामा रहेका राप्तीवासीलाई समस्या परे तत्काल खबर गर्न अध्यक्ष विष्टको आग्रह

दाङ, १० भदौ ।रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जनधनको क्षति भएपछि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले रसुवा क्षेत्रमा रहेका राप्तीवासीलाई सहयोग आवश्यक परे तत्काल गाउँपालिकामा खबर गर्न आग्रह गर्नुभएको छ।कामको सिलसिलामा राप्ती गाउँपालिकाबाट रसुवा पुगेका तथा बाढी प्रभावित क्षेत्रमा रहेका राप्तीवासीको अवस्थाप्रति चासो व्यक्त गर्दै अध्यक्ष विष्टले कुनै समस्या वा सहयोग आवश्यक परे…

रसुवामा भोटेकोशीको भीषण बाढी : टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, उद्धार तीव्र

रसुवा, १० भदौ २०८३ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढीले जिल्लाको उत्तरी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। विशेषगरी टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा बजार, बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। क्षतिको पूर्ण विवरण भने अझै संकलन भइरहेको छ। प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी अत्यन्तै…

रसुवाको बाढीपछि नारायणी नदि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री आचार्यकाे अपिल

दाङ २०८३, भदौ,१०, बुधबार रसुवामा आएको अचानकको बाढीका कारण त्यसको प्रभाव लुम्बिनी प्रदेशको नारायणी नदीमा समेत पर्न सक्ने भएकाले नवलपरासी पश्चिमको सुस्तासहित नारायणी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री चेतनारायण आचार्यले अपिल गर्नुभएको छ । रसुवामा आएको बाढीका कारण नारायणी नदीमा पानीको बहाव बढ्न सक्ने र त्यसबाट नवलपरासी पश्चिमको सुस्ता क्षेत्रसमेत प्रभावित हुन सक्ने…

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय

दाङ  २०८३ भदौ ९ गते, मंगलबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा मंगलबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो ।मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम…