राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति भएको प्रदेश सभा सदस्य खत्रीको दावी

दाङ । लुम्बिनी प्रदेश सभा सदस्य रत्नबहादुर खत्री ले सर्वोच्च अदालतका प्रधानन्यायाधीश डाक्टर मनोज शर्माको नियुक्ति राजनीतिक कनेक्सन र सेटिङका आधारमा भएको दावी गरेका छन । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनकाे दाेस्राे बैठकलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका खत्रीले विगतदेखि नै राजनीतिक पहुँच र सेटिङ मिलाउन सिपालु शर्मा यसपटक पनि राजनीतिक शक्तिकै आडमा प्रधानन्यायाधीश बन्न…

सबैको भावना समेटेर जनमुखी बजेट ल्याउछाैं:मुख्यमन्त्री आचार्य

दाङ देउखुरी, शुक्रबार, जेठ ८, २०८३।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट जनमुखी बनाउने बताउनुभएको छ । प्रदेश सुशासन केन्द्रले भालुबाङमा आयोजना गरेको ‘कानुन, बजेट तथा योजना निर्माण र संसदीय नियन्त्रण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले आगामी वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माणको तयारी तीव्र…

उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने लुम्बिनीको बजेट

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने बताएको छ । आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की ले लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोत र बढ्दो दायित्वका बीच यथार्थपरक, कार्यान्वयनयोग्य र…

मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रदेश घोषणा गर्नेगरी आवश्यक कार्यविधि निर्माणको काम छिट्टै सम्पन्न गरेर कार्यान्वयनमा लैजाने बताउनुभएको छ । मानवसेवा आश्रम ले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा सहभागी टोलीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यकामा बिहिवार छलफल गर्दै मुख्यमन्त्री आचार्यले मानवता र करुणायुक्त प्रदेश निर्माणमा…

लुम्बिनी प्रदेश समन्वय परिषद्को बैठकयोजना छनोटमा प्रदेश सरकार‘निर्मम’ बन्छःमुख्यमन्त्री आचार्य

दाङ २०८३ जेठ ७ लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि आयोजना बैंकमा समावेश भएका योजनालाई मात्रै बजेट तथा कार्यक्रममा समेट्ने स्पष्ट नीति अघि सारेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा बिहिवार सम्पन्न प्रदेश समन्वय परिषद्को आठौं बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्य ले योजना छनोटमा प्रदेश सरकार‘निर्मम’बन्ने बताउनुभएको हो ।मुख्यमन्त्री आचार्यले आयोजना बैंकको…

लुम्बिनी प्रदेश सभा को बैठक आज बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

दाङ २०८३ जेठ ८ । लुम्बिनी प्रदेश सभा को आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको छ । त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले आगामी आर्थिक वर्षको ‘बजेटका…

पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

पाल्पा, ५ जेठ २०८३ । पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मंगलबार एक कार्यक्रमका बीच पाल्पालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गर्नुभएको हो । https://www.facebook.com/Mychautari/ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्राप्त उपलब्धीलाई दिगो बनाउन साझा प्रयत्न आवश्यक…

स्थान विशेष मौसम पूर्वानुमानका लागि संघीय सरकारसँग समन्वय गर्छौं : मुख्यमन्त्री आचार्य

राम नगर, जेठ २ दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मौसम पूर्वानुमान र सूचना प्रणालीलाई प्रभावकारी बनाउन प्रदेश सरकारले समन्वय र सहकार्यलाई सुदृढ बनाउने बताउनुभएको छ । दाङको भालुबाङमा आयोजित मौसम मन्थन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मौसम पूर्वानुमानलाई अझ विश्वासयोग्य बनाउँदै स्थान विशेष पूर्वानुमानलाई प्राथमिकतामा राखेर संघीय सरकारसँग समन्वय गरिने बताउनुभएको…

राप्तीमा राष्ट्रिय सरसफाइ सप्ताह सुरु हुँदै

मसुरिया, ३१ बैशाख । दाङको राप्ती गाउँपालिकामा जेठ १ गतेदेखि राष्ट्रिय सरसफाइ सप्ताह सुरु हुने भएको छ। नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको निर्देशन तथा गाउँ कार्यपालिकाको निर्णयअनुसार “स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण” निर्माण गर्ने उद्देश्यसहित सप्ताहव्यापी अभियान सञ्चालन गरिन लागिएको हो। जेठ १ देखि ७ गतेसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत सार्वजनिक स्थल, सडक, विद्यालय,…

राप्ती गाउँपालिकाद्वारा मुस्लिम छात्रा लक्षित एमबीबीएस छात्रवृत्तिमा आवेदन आह्वान

मसुरिया, ३० बैशाख ।दाङको राप्ती गाउँपालिकाले मुस्लिम समुदायका छात्रालाई लक्षित गर्दै एमबीबीएस छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम तथा बजेट अन्तर्गत “मुस्लिम छात्रा चिकित्सा शिक्षा (एमबीबीएस) छात्रवृत्ति” कार्यक्रम अन्तर्गत बुधबार सूचना प्रकाशित गरि आवेदन आव्हान गरेको हो । मुस्लिम समुदायका छात्राहरुको चिकित्सा शिक्षामा पहुँच अभिवृद्धि गर्ने…