पोखरामा पहिलो पटक महिला गोल्डकप: चार शीर्ष क्लबबीच प्रतिस्पर्धा, बैशाख १८ देखि सुरु

पोखरा, बैशाख १७पोखरामा पहिलो पटक महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। आरएस फुटबल क्लबको आयोजनामा शुक्रबार (बैशाख १८) देखि सुरु हुने प्रतियोगितामा चार क्लबको सहभागिता रहने आयोजकले जनाएको छ।बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रमेश कार्कीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। प्रतियोगितामा आयोजक आरएस पोखरा फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा…

टेक्सपायर कर्पोरेट टी–१० लिगको दोस्रो दिन रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्।

पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेललाई २ रनले पराजित गर्दै रोमाञ्चक जित दर्ता गर्‍यो। क्लाउड फ्याक्ट्रीले १० ओभरमा ९९ रन बनाएकोमा कप्तान सुबोध ढुंगेलले अविजित ५२ रनको उत्कृष्ट योगदान दिए। जवाफमा एनसेल ९७ रनमै सीमित रह्यो। सुबोध ढुंगेल ‘म्यान अफ द म्याच’ घोषित भए। दोस्रो खेलमा सुबिशुले सिप्रडीलाई ७ विकेटले हरायो। सिप्रडीले १०७ रन बनाएको लक्ष्य…

निहाल, प्रदीप र निसान विजयी, टेनिस प्रतियोगिता र टी–१० लिगमा प्रतिस्पर्धा तीव्र

काठमाडौं, बैशाख १४ — १२औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्समा निहालजंगबहादुर थापा, प्रदीप खड्का र निसान श्रेष्ठ विजयी भएका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा सोमबार सम्पन्न खेलमा निहालले सास्वत वज्राचार्यलाई ६–३, ६–७ र ६–४ को प्रतिस्पर्धात्मक सेटमा हराए। प्रदीपले अंकित प्रमाणिकलाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दा निसानले दीर्घायु लामालाई…

नेपाली केम्पो टोलीलाई एक स्वर्णसहित २५ पदक

काठमाडौं, वैशाख १३काठमाडौं – नेपाली केम्पो (मार्सल आर्ट्स) टोलीले टर्कीमा सम्पन्न २२औं आइकेएफ विश्व केम्पो च्याम्पियनसिप २०२६ मा एक स्वर्णसहित कुल २५ पदक जित्दै ऐतिहासिक सफलता हात पारेको छ। टर्कीको एन्टाल्या शहरमा आयोजित उक्त प्रतियोगितामा नेपाली टोलीले पाँच विभिन्न विधामा प्रतिस्पर्धा गर्दै एक स्वर्ण, ६ रजत र १८ कांस्य पदक जितेको हो। यस उपलब्धिलाई नेपाल…

उमा कुङफुद्वारा विश्व ताइची तथा छिगोङ दिवस भव्य रूपमा मनाइयो

काठमाडौं, बैशाख १२काठमाडौं । नेपालमा पनि विश्व ताइची तथा छिगोङ दिवस शनिबार विभिन्न कार्यक्रमका साथ मनाइएको छ। नेपाल उमा कुङफु संघले हरेक वर्षझै यस वर्ष पनि विशेष कार्यक्रम आयोजना गरी दिवस मनाएको हो। बूढानीलकण्ठ नगरपालिका–३ स्थित बूढानीलकण्ठ मन्दिर परिसरमा आयोजित कार्यक्रमको उद्घाटन नगरपालिकाकी उपमेयर अनिता लामाले गरिन्। बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ को सहयोगमा सम्पन्न…

तार्केश्वर नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन

काठमाडौं, वैशाख ११ । तार्केश्वर नगरपालिका १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ मा लगातार तेस्रो पटक च्याम्पियन बनेको छ। काठमाडौँ जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै तार्केश्वरले समग्र उपाधि आफ्नो नाममा पार्न सफल भएको हो। प्रतियोगितामा तार्केश्वर नगरपालिकाले ४४ स्वर्ण, १३ रजत र २४ कांस्य पदक जित्दै शीर्ष स्थान हासिल गरेको छ।…

घोराहीमा ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला १० कि.मि. रोड रेस’ हुदै, सम्पूर्ण तयारी पुरा

दाङ, बैशाष ११ गते । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा बैशाख १२ गते शनिबार घोराहीमा हुने ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० कि.मि. रोड रेस प्रतियोगिता-२०८३’को सम्पूर्ण तयारी पुरा भएको छ । यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य प्रतियोगिताकाे पूर्णसफलताकाे शुभकामना व्यक्त गरेका छन ।परिषद्का सदस्य सचिव तिरणदाज गौतमका अनुसार प्रतियोगिता बिहान साढे…

ढोरपाटनमा हाई अल्टिच्युड हाप्किडो प्रशिक्षण सुरु, खेल पर्यटन प्रवर्द्धनमा जोड

बाग्लुङ, बैशाष ११ गते । प्राकृतिक सौन्दर्यले भरिपूर्ण ढोरपाटन क्षेत्रमा आजदेखि हाई अल्टिच्युड हाप्किडो प्रशिक्षण तथा प्रतियोगिता सुरु भएको छ। नेपाल हाप्किडो संघको स्वीकृतिमा गण्डकी प्रदेश हाप्किडो संघको आयोजनामा सञ्चालन भएको कार्यक्रम खेलकुदसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममा देशका सातै प्रदेशबाट प्रशिक्षक तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको छ, जसले राष्ट्रिय स्तरमा हाप्किडो…

जापानमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतिस्पर्धा : नेपाली टोली ओसाका प्रस्थान

काठमाण्डौं, बैशाष ११ गते , २२औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली जापान प्रस्थान गरेको छ। अप्रिल २४ देखि २६, २०२६ सम्म जापानको ओसाका सहरस्थित ओहामा एरेनामा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका युवा खेलाडीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्। टोलीलाई नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगी तथा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य कुमार…

भारतमा के–वान फाइट खेल्दै सुस्मिता : मुआथाइबाट प्रोफेसनल किक बक्सिङतर्फ ऐतिहासिक कदम

काठमाण्डौं, बैशाष ११ गते गण्डकी प्रदेशकी प्रतिभाशाली नेपाली खेलाडी सुस्मिता अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउँदै भारतमा आयोजना हुने प्रतिष्ठित के–वान फाइटमा प्रतिस्पर्धा गर्ने भएकी छन्। मुआथाइमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी सुस्मिताले अब प्रोफेसनल किक बक्सिङमा पनि आफ्नो क्षमता प्रदर्शन गर्ने तयारी गरेकी हुन्। आगामी मे ९ मा भारतको गुजरातमा आयोजना हुने रोनिन फाइट च्याम्पियनसिप अन्तर्गत…