युवराज राना एसियाली खेलकुदका लागि छनोट
देउखुरी, दाङ, जेठ ३० गते शनिबार । नेपाली तेक्वान्दो खेलाडी युवराज राना जापानको आईची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदका लागि छनोट भएका छन् । नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाका अनुसार युवराजले पुरुष एकल पुम्सेको यू–३० उमेर समूहमा ‘वाइल्ड कार्ड’ प्राप्त गर्दै एसियाडमा स्थान सुरक्षित गरेका हुन् । यसअघि क्योरोगी विधातर्फ पुरुष ८० केजीमुनि…


