इसिडिएफ प्रशिक्षार्थीलाई विद्यालयमा ‘वजिटि’ गराउने सहमति, १९ महिने अभ्यास कार्यक्रम अघि बढ्दै
बालकृष्ण थापादेउखुरी, दाङ, ६ गते ।आदर्श नमुना माध्यमिक विद्यालय, लालमटियामा इसिडिएफ (ECDF) सम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व हेमराज भण्डारीले गर्नुभएको थियो भने इन्स्योर परियोजनाका प्राविधिक संयोजक राजकुमार सोती मगर प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा टेक्निकल अफिसर पप्पु चौधरी, विद्यालयका प्रधानाध्यापक खेतुलाल पौडेलसहित विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो। शिक्षिका…


