राप्ती गाउँपालिकामा नवदीक्षित स्काउट मास्टरलाई एकदिने अभिमुखीकरण

मसुरिया, २७ वैशाख ।दाङको राप्ती गाउँपालिकामा ४६३औँ स्काउट तालिममा दीक्षित नवदीक्षित स्काउट मास्टरहरूलाई लक्षित गरी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा विद्यालयस्तरमा स्काउट अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तरिका, स्काउट समिति गठन, समूह विभाजन, स्काउट नियमावली तथा ऐन, पोसाक र ब्याच निर्देशिका, वार्षिक कार्ययोजना निर्माण लगायतका विषयमा जानकारी प्रदान गरिएको प्रमुख आयुक्त छबिलाल कडेलले जानकारी…

राप्तीमा सर्प उद्धार तथा पुनःस्थापनासम्बन्धी तालिम सम्पन्न

मसुरिया, २४ बैशाख ।दाङको राप्ती गाउँपालिकाले विषालु सर्प उद्धार तथा पुनःस्थापनाका लागि सीप तथा प्राविधिक सहयोगसम्बन्धी तालिम सञ्चालन गरेको छ। बिहीबार आयोजित तालिममा विषालु तथा अविषालु सर्पको पहिचान, सर्पको टोकाइबाट बच्ने उपाय, उद्धार प्रक्रिया तथा पुनःस्थापनाका विषयमा जानकारी गराइएको थियो। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जैविक विविधताको संरक्षण तथा सर्पलाई पनि प्रकृतिमा बाँच्न पाउने अधिकार सुनिश्चित…

राप्तीमा सर्प उद्धार तथा पुनःस्थापनासम्बन्धी तालिम सम्पन्न

मसुरिया, २४ बैशाख ।दाङको राप्ती गाउँपालिकाले विषालु सर्प उद्धार तथा पुनःस्थापनाका लागि सीप तथा प्राविधिक सहयोगसम्बन्धी तालिम सञ्चालन गरेको छ। बिहीबार आयोजित तालिममा विषालु तथा अविषालु सर्पको पहिचान, सर्पको टोकाइबाट बच्ने उपाय, उद्धार प्रक्रिया तथा पुनःस्थापनाका विषयमा जानकारी गराइएको थियो। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जैविक विविधताको संरक्षण तथा सर्पलाई पनि प्रकृतिमा बाँच्न पाउने अधिकार सुनिश्चित…

रोटरी क्लब अफ दाङद्वारा राप्ती आधारभूत अस्पताललाई २३ लाख बराबरको ल्याब उपकरण सहयोग

सिसहनियाँ, २४ बैशाख । दाङको राप्ती गाउँपालिका–५ स्थित राप्ती आधारभूत अस्पताल कालापानीलाई रोटरी क्लब अफ दाङले करिब २३ लाख रुपैयाँ बराबरका हस्पिटल ल्याब उपकरण हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष रोशन दाहालले बिहीबार राप्ती गाउँपालिकाका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्ट र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एमडिजिपी डाक्टर सुशील केसी लाई उक्त उपकरण हस्तान्तरण…

प्रदेश मन्त्रिपरिषद्का निर्णय : सचिवको जिम्मेवारीदेखि कार्यविधि स्वीकृतसम्म

दाङ २०८३ वैशाख २४। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्ने सम्मका निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा बिहीबार सम्पन्न बैठकले राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव र जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी म न्त्रालयको सचिवको जिम्मेवारी…

प्राकृतिक चिकित्साको विकास र विस्तारमा जोड दिन मुख्यमन्त्री आचार्यको आग्रह

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योग तथा प्राकृतिक चिकित्सालाई मुख्यधारको चिकित्सा पद्धतिका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका महाप्रबन्धक तथा संकल्पकर्ता हरि सापकोटा सहितको टोलीसँगको भेटमा मुख्यमन्त्री आचार्यले यस्तो धारणा व्यक्त गर्नुभएको हो । भेटका क्रममा दुवै पक्ष यसै विधिबाट नयाँ जीवन पाउन सफल व्यक्तिहरू भएकाले यसको विकास…

विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता ; मुख्यमन्त्री आचार्य

रुपन्देही, २०८३ बैशाख २२ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।सिद्धार्थनगर नगरपालिका–२ रुपन्देही स्थित बहिरा बाल माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहलाई मंगलवार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षालाई विद्यार्थीको चाहना, क्षमता र भविष्यसँग जोडेर अघि बढाउन आवश्यक रहेको बताउनुभएको हो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक…

उठिबास रोक्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

दाङ । भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका प्रतिनिधिहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष ज्ञापनपत्र बुझाएका छन् । संघर्ष समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको ज्ञापनपत्रमा आवास, जीविकोपार्जन र खाद्य सुरक्षालाई नागरिकको मौलिक हक भएको उल्लेख गर्दै विकल्प नदिई गरिब नागरिकलाई उठिबास गर्नु मानवअधिकारविपरीत हुने जनाएको छ । ज्ञापनपत्रमा सरकारले देशका विभिन्न स्थानमा, विशेषगरी लुम्बिनी…

लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु

दाङ । लुम्बिनी प्रदेश सरकारले आफ्नै नव निर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रबाट दैनिक कामकाजको शुभारम्भ गर्नुभएको हो । उहाँले संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको उल्लेख गर्नुभयो ।`सात प्रदेशमध्ये लुम्बिनी प्रदेश राजधानी…

“लालपुर्जा छ, जमिन छैन”—सुकुम्बासीको पीडा सडकमा

देउखुरी, दाङ, बैशाख २० गढवा गाउँपालिका–१ को कालाकाटे क्षेत्रमा अव्यवस्थित बसोबासी तथा सुकुम्बासीहरूले स्थानीय स्तरमै विरोध प्रदर्शन गरेका छन्। आइतबार अपरान्ह करिब ३ बजे आयोजित कार्यक्रममा वडा नम्बर १ अन्तर्गतका धानखाला, तिनखण्डे, टहडा, धोद्रे, कालाकाटे, मलमला, बनघुस्री र बडहरा लगायतका बस्तीबाट आएका स्थानीयहरूको सहभागिता रहेको थियो। प्रदर्शनकारीहरूले कालाकाटे चोकबाट महेन्द्र राजमार्गसम्म नाराजुलुस निकाल्दै केहीबेर सडकमा…