राप्तीमा सर्प उद्धार तथा पुनःस्थापनासम्बन्धी तालिम सम्पन्न
मसुरिया, २४ बैशाख ।
दाङको राप्ती गाउँपालिकाले विषालु सर्प उद्धार तथा पुनःस्थापनाका लागि सीप तथा प्राविधिक सहयोगसम्बन्धी तालिम सञ्चालन गरेको छ।
बिहीबार आयोजित तालिममा विषालु तथा अविषालु सर्पको पहिचान, सर्पको टोकाइबाट बच्ने उपाय, उद्धार प्रक्रिया तथा पुनःस्थापनाका विषयमा जानकारी गराइएको थियो।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जैविक विविधताको संरक्षण तथा सर्पलाई पनि प्रकृतिमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले सबै सर्प विषालु नहुने भए पनि सही पहिचानको अभावमा स्थानीयले सर्प देख्नासाथ मार्ने प्रवृत्ति बढिरहेको उल्लेख गर्दै त्यसलाई रोक्न सचेतनामूलक तथा संरक्षणमुखी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।
दिगो व्यवस्थापनको अभाव, सर्प देख्नासाथ मार्ने मान…
[7:45 PM, 5/7/2026] Tul Bahadur Kawar Press Sameyojak: राप्ती गाउँपालिकाद्वारा विद्यार्थीलाई अचार बनाउने तालिम प्रदान
भालुबाङ, २४ वैशाख ।
दाङको राप्ती गाउँपालिकाले विद्यार्थीहरुलाई सीपमूलक तथा उद्यमशील बनाउने उद्देश्यले अचार बनाउने तालिम प्रदान गरेको छ ।
गाउँपालिकाको “युवा तथा महिला उद्यमशीलतामा पहिला” कार्यक्रम अन्तर्गत ऐरावती आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई पाँच दिने अचार बनाउने सीप विकास तालिम प्रदान गरेको हो ।

पढाइसँगै सीप जोड्दै विद्यार्थीहरुलाई आत्मनिर्भर तथा स्वरोजगारतर्फ प्रेरित गर्ने लक्ष्यका साथ स्थानीय उत्पादनबाट विभिन्न प्रकारका अचार बनाउन सिकाइएको गाउँपालिकाले जनाएको छ । तालिममा २१ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रशिक्षक सुस्मिता थापा मगरले मिक्स अचार, सिद्रा माछा, लसुन, चिकेन लगायत १४ प्रकारका अचार बनाउन प्रशिक्षण दिनुभएको थियो ।
बिहीबार सम्पन्न तालिम समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउनुभयो । उहाँले यस्ता तालिमले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानसँगै आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले स्थानीय स्रोत साधनको उपयोग गर्दै उद्यमशीलता विकास गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख बिक्रान्त ज्ञवाली, स्ववियु सभापति बिनोद कुमार सोनी, प्रशिक्षक सुस्मिता थापा मगर तथा सहभागी विद्यार्थीहरुले तालिम उपयोगी र प्रेरणादायी रहेको बताएका थिए ।
समापन कार्यक्रमको सहजीकरण उद्यम विकास शाखा प्रमुख बिनिता चौधरीले गर्नुभएको थियो ।


