सुकुम्वासी समस्या समाधानका नाममा नागरिकलाई वेघरबार बनाउने काम भइरहेको छ: मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुकुम्वासी समस्या समाधान गर्ने नाममा नागरिकलाई वेघरबार बनाउने काम भइरहेको टिप्पणी गर्नुभएको छ । प्रगतिशील लेखक संघ रुपन्देहीद्वारा आइतबार बुटवलमा आयोजित नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठद्वारा लिखित ‘अठोट’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले यस्तो बताउनुभएको हो । उहाँले भूमिहीन र सुकुम्वासीको समस्या…

मजदुर दिवसको अवसरमा राप्तीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, १ सय ३८ जनाले लिए सेवा

तुलबहादुर कवँर मगरसिसहनियाँ, १८ वैशाख।“१३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस” को अवसरमा दाङको राप्ती गाउँपालिकामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। गाउँपालिकाको आयोजनामा वडा नं. ५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालमा सञ्चालन गरिएको उक्त शिविरबाट १ सय ३८ जना सेवाग्राहीले स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा लिएका छन्। शिविरमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी परीक्षण,…

बुद्धका उपदेश आत्मसात गर्न मुख्यमन्त्री आचार्यको आह्वान

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले २५७० औँ बुद्ध जयन्तीको अवसरमा शान्ति, सद्भाव र सहिष्णुताको मार्ग अवलम्बन गर्न सबैमा आह्वान गर्नुभएको छ ।बुद्ध जयन्तीका अवसरमा जारी शुभकामना सन्देशमा उहाँले गौतम बुद्ध का उपदेशहरूलाई आत्मसात गर्न सके धार्मिक, सांस्कृतिक र सामाजिक विविधताबीच आपसी सद्भाव र राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको हो…

राप्ती गाउँपालिकाद्वारा एग्रोभेट पसलहरूको आकस्मिक अनुगमन

मसुरिया,१७ बैशाख ।दाङको राप्ती गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न एग्रोभेट पसलहरूको बिहीबार आकस्मिक अनुगमन गरेको छ। गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक कमलापति चौधरीको नेतृत्वमा सम्पन्न उक्त अनुगमन गरिएको हो। अनुगमनका क्रममा नेपाल सरकारकाे सूचीकृत सूचीमा नपरेका धानका बीउहरू विक्री तथा वितरण भइरहेको भन्ने स्थानीय कृषकहरूको गुनासो प्राप्त भएपछि सो विषयको सत्यतथ्य बुझ्न र…

मसुरिया,१७ बैशाख । दाङको राप्ती गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न एग्रोभेट पसलहरूको बिहीबार आकस्मिक अनुगमन गरेको छ। गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक कमलापति चौधरीको नेतृत्वमा सम्पन्न उक्त अनुगमन गरिएको हो। अनुगमनका क्रममा नेपाल सरकारकाे सूचीकृत सूचीमा नपरेका धानका बीउहरू विक्री तथा वितरण भइरहेको भन्ने स्थानीय कृषकहरूको गुनासो प्राप्त भएपछि सो विषयको सत्यतथ्य बुझ्न र गुणस्तरीय बीउको सुनिश्चितता गर्न अनुगमन गरिएको कृषि विकास शाखा प्रमुख बरसाती गडरियाले जानकरी दिनुभयो। अनुगमन टोलीले विभिन्न पसलहरूमा विक्री भइरहेका धानका बीउ, तिनको गुणस्तर, लेबलिङ, दर्ता स्थिति लगायतका विषयमा स्थलगत निरीक्षण गरेको थियो। गाउँपालिकाले कृषकलाई गुणस्तरीय तथा प्रमाणित बीउबिजन उपलब्ध गराउने उद्देश्यले यस्ता अनुगमन कार्यलाई निरन्तरता दिने जनाएको छ। साथै, नियम विपरीत कार्य गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याइने जनाएको छ।

स्वर्गीय कुलराज थापा मगरको सम्झनामा निलसागर सेवा आश्रमलाई सहयोग

तुलबहादुर कवँर मगरसिसहनियाँ,१७ बैशाख ।दाङको राप्ती गाउँपालिका–५ करङ्गेकोट घर भई हाल नेपाल विद्युत प्राधिकरण, बुटवल ग्रिड महाशाखा अन्तर्गत सुनवल सवस्टेशनमा इले सुपरभाइजर पदमा कार्यरत स्वर्गीय कुलराज थापा मगरको सम्झनामा उहाँको परिवारले निलसागर सेवा आश्रमलाई सहयोग प्रदान गरेको छ। राप्ती गाउँपालिका–८ मिलडाँडामा रहेको उक्त आश्रममा बिहीबार खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको हो। स्वर्गीय थापा मगरकी श्रीमती…

मजदुर दिवसको अवसरमा राप्तीमा विशेषज्ञ स्वास्थ्य शिविर हुँदै

तुलबहादुर कवँर मगरमसुरिया,१७ बैशाख ।“१३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस” को अवसरमा दाङको राप्ती गाउँपालिकामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मजदुरहरूलाई लक्षित गर्दै उक्त शिविर सञ्चालन गर्न लागिएको हो। गाउँपालिकाका अनुसार शिविर २०८३ वैशाख १८ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म वडा नं. ५ कालापानी स्थिति राप्ती…

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु, बजेट प्राथमिकता र सुकुम्वासी मुद्दामा चर्को बहस

दाङ, १७ बैशाख। लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन बिहीबारदेखि सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ ।बैठकमा प्रदेश सभा सदस्यहरूले समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् । शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण…

थारु संस्कृति पुस्तान्तरणमा समुदायकाे भूमिका महत्त्वपूर्ण रहन्छ: मुख्यमन्त्री आचार्य

दाङ, १७ बैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत कला, संस्कृति र पहिचानलाई पुस्तान्तरण गर्न समुदाय स्वयंले विशेष पहल लिनुपर्ने बताउनुभएको छ । थारु आयोगले राप्ती उपत्यका (देउखुरी)मा बिहीबार आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले थारु समुदाय मौलिक कला र संस्कृतिमा धनी…

युवा उद्यमशीलतालाई केन्द्रमा राखेर बजेट ल्याउछौंः मुख्यमन्त्री आचार्य

दाङ, १७ बैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिने बताउनुभएको छ । प्रदेश युवा परिषद् विकास समितिले आयोजना गरेको नमुना युवा संसद कार्यक्रममा सहभागी युवाहरूसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा बिहीबार भएको छलफलमा मुख्यमन्त्री आचार्यले युवालाई स्वरोजगार बनाउन उद्यमशीलताको क्षेत्रलाई प्राथमिकतामा राखिने स्पष्ट…

राप्ती गाउँपालिकामा पोषणमैत्री स्थानीय शासन प्रवर्द्धनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

मसुरिया,१७ बैशाख।दाङको राप्ती गाउँपालिकामा पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरीय पोषण तथा खाद्य निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष तथा पालिका स्तरीय पोषण तथा खाद्य निर्देशक समितिका संयोजक प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोषण सुधार, खाद्य सुरक्षा तथा दिगो विकाससँग सम्बन्धित विविध विषयमा छलफल तथा अभिमुखीकरण गरिएको…