विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता ; मुख्यमन्त्री आचार्य
रुपन्देही, २०८३ बैशाख २२ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।सिद्धार्थनगर नगरपालिका–२ रुपन्देही स्थित बहिरा बाल माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहलाई मंगलवार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षालाई विद्यार्थीको चाहना, क्षमता र भविष्यसँग जोडेर अघि बढाउन आवश्यक रहेको बताउनुभएको हो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक…


