नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौंः मुख्यमन्त्री आचार्य

दाङ, बैशाष ११ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने र संघीयताको सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत प्रादेशिक निर्देशक समितिको तेस्रो बैठकलाई राप्ती उपत्यका(देउखुरी)मा शुक्रबार सम्बोधन गर्दै उहाँले स्थानीय तहसँग समन्वय बढाउँदै जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिनुभएको हो ।…

गौरवका आयोजना कार्यान्वयनमा पूर्वाधार प्राधिकरणको भूमिका महत्वपूर्णः मुख्यमन्त्री आचार्य

दाङ, बैशाष १० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका गौरवका आयोजनाहरूको सफल कार्यान्वयनमा प्रदेश पूर्वाधार विकास प्राधिकरणले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ । लुम्बिनी प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरणद्वारा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री आचार्यले प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा प्रशासनिक केन्द्र…

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

बुटवल, बैशाष १० गते । लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको हो । वैशाख १० गते बिहिवार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता…

लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै

देउखुरी, दाङ, बैशाष १० गते । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत १६ औँ बैठक आज बिहान साढे ११ बजे बस्दैछ । प्रदेश सभा सचिवालयका अनुसार बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर मन्त्री भूमिश्वर ढकाल ले दिनुहुने कार्यसूची रहेको छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन,…

भ्रामक समाचार रोक्न सरकार कडाइमा, आधिकारिक पुष्टि बिना सामग्री नप्रसारण गर्न आग्रह

काठमाण्डौ, बैशाष, ९ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले पछिल्लो समय विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत आधारहीन, मिथ्या र भ्रामक सूचना सामग्रीहरू प्रकाशन तथा प्रसारण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। मन्त्रालयले यस्ता कपोलकल्पित सूचना सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा गलत मनोविज्ञान फैलाउने कार्य गरिरहेको उल्लेख गरेको छ। भ्रामक सूचना…

प्रदेश सभा सदस्यहरूलाई थप सक्रियता बढाउन मुख्यमन्त्री आचार्यको निर्देशन

देउखुरी, दाङ, ९ गते। नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री चेतनारायण आचार्य ले प्रदेश सभा सदस्यहरूलाई बैठकमा सक्रिय सहभागिता जनाउँदै जनजीविकाका सवालहरू प्रभावकारी रूपमा उठाउन निर्देशन दिनुभएको छ । राप्ती उपत्यका (देउखुरी) स्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकमा उहाँले आगामी अधिवेशनहरूमा अझ सशक्त भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो । प्रदेश सभामा…

लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित

देउखुरी, दाङ, ९ गते। लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक सर्वसम्मत पारित गरेको छ । प्रदेश सभाको सातौं अधिवेशनको १५ औं बैठकले उक्त विधेयक पारित गरेको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले विधेयकमाथि छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको…

सञ्चार क्षेत्र संग जाेडिएका वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनमा संघीय सरकारको पछिल्लो परिपत्रले कुनै अवरोध गर्दैन: मुख्यमन्त्री आचार्य

देउखुरी, दाङ, ९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारकाे सञ्चार क्षेत्र र वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनमा संघीय सरकारको पछिल्लो परिपत्रले कुनै अवरोध नगर्ने स्पष्ट पार्नुभएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार आफ्नै सञ्चार नीति, कार्यक्रम र प्राथमिकताका आधारमा अघि बढ्ने बताउनु…

लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै

देउखुरी, दाङ, ९ गते । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पन्ध्रौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा विभिन्न विधेयक, प्रतिवेदन तथा समसामयिक विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ । कार्यसूची अनुसार बैठकको सुरुमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा धारणा राख्नेछन् । त्यसपछि प्रदेश मामिला तथा कानून समितिका सभापति…

लुम्बिनी मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

देउखुरी, दाङ, ८ गते । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मंगलबार राप्ती उपत्यका (देउखुरी) स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमासिकका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । त्यसैगरी उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको प्रस्तावमा प्राइभेट फर्म दर्ता (पहिलो…