नेपाली कप्तानहरूको नजरमा फिफा विश्वकप
देउखुरी, दाङ, जेठ ३१ गते आइतबार । फिफा विश्वकप २०२६ बिहीबार मध्यरातिबाट सुरु भएको छ। अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा पहिलो पटक आयोजना गरेको विश्वकपमा ४८ राष्ट्रका १,२४८ खेलाडी सहभागी छन्। विश्व फुटबलको महाकुम्भ मानिने प्रतियोगिता १६ शहरका १६ रंगशालामा सञ्चालन हुनेछ, जहाँ कुल १०४ खेल खेलाइनेछन्। विश्वकपको सुरुवातसँगै संसारभर फुटबलको माहोल तातेको छ।…


