राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा
तुलबहादुर कवँर मगरमसुरिया, ३१ जेठ ।दाङको राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा भएको छ। संस्थागत प्रसुतिसम्बन्धी दिगोपनाका सबै आवश्यक सूचकहरु पूरा गरेपछि आइतबार एक औपचारिक कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गर्नुभएको हो। निर्धारित प्रोटोकल अनुसार चार पटक गर्भवती जाँच गराउने दर ९९…


