भोटेकोसी बाढीपीडितका लागि गोरखा आइडियल स्कुलका शिक्षक–कर्मचारीको सहयोग

‘विपद्ले हामीलाई कमजोर होइन, अझ एकजुट बनाओस्’ दाङ, २०८३ भदौ ११ रसुवा, नुवाकोट र धादिङ जिल्लामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित परिवार तथा घाइतेहरूको उपचार र राहतका लागि गोरखा आइडियल स्कुल, लालमटिया, दाङका शिक्षक तथा कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन्। बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले विद्यालयका शिक्षक तथा कर्मचारीहरूको तर्फबाट…

राप्तीमा आन्तरिक राजस्व सुदृढीकरणसम्बन्धी अनुशिक्षण कार्यशाला सम्पन्न

तुल बहादुर कवँर मगरमसुरिया, ११ भदौ ।दाङको राप्ती गाउँपालिकामा आन्तरिक राजस्व सुदृढीकरणसम्बन्धी अनुशिक्षण कार्यशाला बिहीबार सम्पन्न भएको छ। गाउँपालिकाको आन्तरिक राजस्वको अवस्था पहिचान, राजस्व प्रशासनलाई प्रभावकारी बनाउने तथा आगामी कार्ययोजना तयार गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो। राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यशालामा नीति तथा कानुनी व्यवस्था, कार्यक्रम तथा बजेट, कर तथा गैरकर…

मोहम्मद जयन्तीले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव बलियो बनाउने मुख्यमन्त्री आचार्यको विश्वास

दाङ २०८३, भदौ,१० बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मोहम्मद जयन्तीले धार्मिक सहिष्णुता, आपसी सद्भाव, भाइचारा, शान्ति र मानवकल्याणको भावना अझ सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । मोहम्मद जयन्तीको अवसरमा बुधवार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले उक्त विश्वास व्यक्त गर्नुभएको हो ।उहाँले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएको उल्लेख…

राप्तीका विकट गाउँमा सञ्चार सेवा विस्तार गर्न मन्त्रीसँग अध्यक्ष विष्टको आग्रह

भालुवाङ २९ साउन ।दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाका विभिन्न विकट तथा पहाडी क्षेत्रमा मोबाइल तथा सञ्चार सेवा विस्तार गरी गुणस्तरीय बनाउन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना समक्ष आग्रह गर्नु भएको छ। अध्यक्ष विष्टले शुक्रबार मन्त्री तिमिल्सिनासँग मन्त्रालयमा भेट गरी सञ्चार पहुँच कमजोर रहेका गाउँपालिकाका पहाडी तथा दुर्गम क्षेत्रमा मोबाइल तथा सञ्चार…

राप्ती गाउँपालिकाले ल्यायो ‘राप्ती कृषि एप’, किसानलाई डिजिटल सेवाको सुविधा

तुलबहादुर कवँर मगरभालुबाङ, २७ साउन।दाङको राप्ती गाउँपालिकाले किसानलाई कृषि सेवा तथा सूचना सहज रूपमा उपलब्ध गराउने उद्देश्यले ‘राप्ती कृषि एप’ सञ्चालनमा ल्याएको छ। एपमार्फत किसानले मौसमको जानकारी, कृषि उपजको बजार मूल्य, बालीसम्बन्धी विवरण तथा पशुपालनसम्बन्धी जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन्। त्यस्तै, बालीमा लाग्ने रोग तथा कीराको पहिचान, त्यसको रोकथाम तथा नियन्त्रणका उपाय, कृषि प्रविधि र…

व्यवसायमा व्यावसायिक इमानदारी आवश्यक छ : अध्यक्ष विष्ट

तुलबहादुर कवँर मगरसिसहनियाँ, २५ साउन ।राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले व्यवसायीले आफ्नो व्यवसायप्रति व्यावसायिक इमानदारी, अनुशासन र असल आचरण कायम गर्नुपर्ने बताउनुभएको छ। व्यवसायमा गलत आचरणले प्रश्रय पाए बजारको विश्वसनीयता घट्ने उहाँको भनाइ छ। सिसहनियाँ उद्योग वाणिज्य संघको १२औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले स्थानीय सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्रै…

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता, २०८३ साउन २४ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा बढिरहेको नदी कटान र त्यसबाट उत्पन्न हुनसक्ने जोखिमको स्थलगत अनुगमन गर्नुभएको छ । सुरक्षा निकाय तथा स्थानीय बासिन्दाको उपस्थितिमा आइतबार मुख्यमन्त्री आचार्यले सुस्ता क्षेत्रको नदी कटान प्रभावित क्षेत्रको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले नदी कटान नियन्त्रणलाई प्रदेश सरकारले…

एउटा विद्यालय, एउटा सपना र गाउँको साझा अभियान : कालाकाटेको जनता माविमा बस किन्न जुट्दै सहयोग

बालकृष्ण थापा क्षेत्रीदाङ, कालाकाटे । २०८३ साउन २४ गते गढवा गाउँपालिका–१ कालाकाटेस्थित जनता माध्यमिक विद्यालय यतिबेला सामाजिक सञ्जालदेखि गाउँघरको चिया चौतारासम्म चर्चामा छ। चर्चा विद्यालयको भवन, परीक्षा नतिजा वा कुनै उत्सवको होइन, विद्यार्थीका लागि आफ्नै विद्यालयको बस खरिद गर्ने एउटा सुन्दर सपनाको हो। लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको नजिकै, पूर्व–पश्चिम राजमार्गसँग जोडिएको कालाकाटेमा रहेको जनता माविको…

युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनिकरण गर्न सकिन्छ:मुख्यमन्त्री आचार्य

दाङ, २०८३, साउन१९, मङ्गलबार, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउन सके सवारी दुर्घटनामा उल्लेख्य कमी ल्याउन सकिने बताउनुभएको छ ।प्रदेश स्तरीय सडक सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीलाई लमहीमा मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको र त्यसमा विशेषगरी १६ देखि ३० वर्ष उमेर समूहका युवाको…

एनबीएफए र मित्रश्री पाठशाला यु–१२ ब्वाइजतर्फ फाइनलमा

काठमाडौं, साउन १९ – एनबीएफए र मित्रश्री पाठशालाले पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको यु–१२ ब्वाइजतर्फ फाइनलमा स्थान सुरक्षित गरेका छन्। बूढानीलकण्ठ नगरपालिका–भंगालस्थित भ्याली पब्लिक विद्यालयमा सोमबार सम्पन्न सेमिफाइनलमा एनबीएफएले डाफोडिललाई २–१ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो। एनबीएफएका आरुष दाहालले दुवै गोल गरे भने डाफोडिलका जेभिसले एक सान्त्वना गोल फर्काए। अर्को सेमिफाइनलमा मित्रश्री…