Featured posts

विश्व वातावरण दिवसको अवसरमा राप्तीमा वृक्षारोपण

भालुबाङ, २२ जेठ।विश्व वातावरण दिवसको अवसरमा दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित लालमटिया स्वास्थ्य चौकी परिसरमा शुक्रबार वृक्षारोपण गरिएको छ। ‘समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित राप्ती गाउँपालिकाको वन तथा वातावरण शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा सुपारी ,आँप कल्की,पारिजात, समुन्द्री फूललगायत विभिन्न फलफूलका बिरुवा रोपिएको थियो। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर…

लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य

देउखुरी (दाङ), जेठ २२, २०८३ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा युवालाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । उहाँले नीति तथा कार्यक्रमकै आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवामैत्री योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनुभएको हाे । लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन २०८३ को भालुबाङ्गमा शुक्रबार उद्घाटन…

वन तथा वातावरण संरक्षण साझा दायित्व:मुख्यमन्त्री आचार्य

देउखुरी (दाङ), जेठ २२, २०८३ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले वातावरण संरक्षणलाई प्रदेश सरकारको उच्च प्राथमिकतामा राखेर काम गरिररहेको बताउनुभएको छ । विश्व वातावरण दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले जलवायुजन्य समस्याहरू दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै वातावरण संरक्षण सबैको प्राथमिकताको क्षेत्र बन्नुपर्ने बताउनुभएको हो । उहाँले पृथ्वीको तापक्रम…

जनप्रिय सामुदायिक वनद्वारा जनता माविका विद्यार्थीलाई झोला वितरण

देउखुरी (दाङ), जेठ २२, २०८३ दाङको गढवा गाउँपालिका वडा नम्बर १ स्थित जनता माध्यमिक विद्यालय कालाकाटेका आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले जनप्रिय सामुदायिक वन उपभोक्ता समूहले झोला वितरण कार्यक्रम सम्पन्न गरेको छ।https://www.facebook.com/share/v/191MPjfBLF/ जनप्रिय सामुदायिक वनकी अध्यक्ष हुमा देवी बुढाथोकीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद खनाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष…

राप्तीमा ‘कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी–२०८३’ आयोजना हुने

तुलबहादुर कवँर मगरमसुरिया, २१ जेठ।दाङको राप्ती गाउँपालिकाले स्थानीय उत्पादनको प्रवर्द्धन, नवप्रवर्तन प्रविधिको प्रदर्शन तथा उद्यमशीलता र रोजगारीका अवसरबारे जानकारी गराउने उद्देश्यले ‘कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी–२०८३’ आयोजना गर्ने भएको छ। गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै प्रदर्शनीमा सहभागी भई अवलोकन तथा लाभ लिन गाउँपालिकाभित्रका कृषक, कृषि तथा पशुपालन समूह, सहकारी, उद्यमी, युवा, विद्यार्थी, पत्रकार…

राप्ती गाउँपालिकालाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण पालिका बनाउने तयारी

तुल बहादुर कवँर मगरमसुरिया, २१ जेठ।दाङको राप्ती गाउँपालिकामा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण पालिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणका प्रतिनिधि सुदीप शर्माले गुणस्तरीय सेवा प्रवाह, सुशासन, संस्थागत क्षमता विकास तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्थानीय तहको कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा गुणस्तर व्यवस्थापन…

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन:एमालेका चार र जसपाका एक गरी पाँच नयाँ मन्त्री नियुक्त

दाङ २० जेठ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ कार्यविभाजन गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गर्नुभएको हो । पुनर्गठित मन्त्रिपरिषद्मा पाँच जना नयाँ मन्त्रीलाई समावेश गरिएको छ । नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा)…

एआई एक्सरे प्रविधिबाट राप्तीमा क्षयरोग खोजपड्ताल शिविर सञ्चालन हुने

मसुरिया, २० जेठ।दाङको राप्ती गाउँपालिकामा एआई एक्सरे प्रविधिमार्फत सक्रिय क्षयरोग खोजपड्ताल तथा निःशुल्क परीक्षण शिविर सञ्चालन हुने भएको छ। राप्ती गाउँपालिकाको आयोजना, बीएनएमटी नेपाल र नाटाको प्राविधिक सहयोग तथा समन्वयमा सञ्चालन हुने शिविरमा पोर्टेबल एक्सरे मेसिनमार्फत क्षयरोगको प्रारम्भिक परीक्षण गरिनेछ। गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै क्षयरोगका लक्षण देखिएका तथा जोखिम समूहका नागरिकलाई शिविरमा सहभागी…

आगामी आर्थिक वर्षका योजना तथा बजेट मागबारे राप्तीमा सरोकारवालासँग छलफल

मसुरिया, २० जेठ।दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि लुम्बिनी प्रदेश सरकारसँग माग गर्ने बजेट, कार्यक्रम तथा योजनाबारे बुधबार सरोकारवालासँग छलफल तथा सुझाव संकलन गरेको छ। गाउँपालिकामा क्रियाशील राजनीतिक दलका प्रमुख, उद्योगी–व्यवसायीका प्रतिनिधीहरुको सहभागितामा आयोजित कार्यक्रममा आगामी वर्ष सञ्चालन गरिने विकास आयोजना, पूर्वाधार निर्माण तथा जनमुखी कार्यक्रमलाई साझा प्राथमिकतामा राखी प्रदेश सरकारसमक्ष एकीकृत…

रामारोशन स्काइ रन असार ३ गते अछाममा हुँदै, विजेतालाई १ लाख रुपैयाँ पुरस्कार

काठमाडौं, २०८३ जेठ २० गते नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा सुदूरपश्चिम प्रदेशको अछाम जिल्लास्थित रमणीय पर्यटकीय क्षेत्र रामारोशनमा आगामी असार ३ गते ‘रामारोशन स्काइ रन’ आयोजना हुने भएको छ। अन्तर्राष्ट्रिय स्तरको स्काइ रनिङ प्रतियोगिताको अभ्यास तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा अधिकतम १०० खेलाडीलाई सहभागी गराइने आयोजकले जनाएको छ। मंगलबार काठमाडौंमा आयोजित…