जनप्रिय सामुदायिक वनद्वारा जनता माविका विद्यार्थीलाई झोला वितरण
देउखुरी (दाङ), जेठ २२, २०८३
दाङको गढवा गाउँपालिका वडा नम्बर १ स्थित जनता माध्यमिक विद्यालय कालाकाटेका आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले जनप्रिय सामुदायिक वन उपभोक्ता समूहले झोला वितरण कार्यक्रम सम्पन्न गरेको छ।https://www.facebook.com/share/v/191MPjfBLF/
जनप्रिय सामुदायिक वनकी अध्यक्ष हुमा देवी बुढाथोकीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद खनाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार योगी, निवर्तमान प्रधानाध्यापक बासुदेव बेलबासे, पूर्व प्रधानाध्यापक मुक्तिप्रसाद शर्मा तथा जनप्रिय सामुदायिक वनका सचिव हरि सुवेदी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन भानबहादुर जी.एम. ले गर्नुभएको थियो।

सामुदायिक वनले करिब एक महिना अघि विद्यालयका ५० जना विद्यार्थीलाई झोला वितरण गर्ने योजना अनुरूप कार्यक्रम आयोजना गरेको थियो। उक्त समयमा सबै विद्यार्थी उपस्थित हुन नसकेपछि विद्यालयमा उपस्थित विद्यार्थीहरूलाई मात्रै झोला वितरण गरिएको थियो। बाँकी रहेका झोलाहरू आज आयोजित कार्यक्रममा जनप्रिय सामुदायिक वनकी अध्यक्ष बुढाथोकीको हातबाट वितरण गरिएको हो।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक नेत्रप्रसाद खनालले विद्यालयका विद्यार्थीहरूको आर्थिक अवस्था र आवश्यकता बुझेर सामुदायिक वनले गरेको सहयोग सराहनीय रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूको शैक्षिक यात्रामा सहयोग पुर्याउने यस्ता सामाजिक कार्यले सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै सामुदायिक वनका सम्पूर्ण पदाधिकारीप्रति धन्यवाद व्यक्त गर्नुभयो।
जनप्रिय सामुदायिक वनले स्थानीय समुदाय र विद्यालयबीचको सहकार्यलाई सुदृढ बनाउँदै शिक्षा क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ। यस प्रकारका सहयोगात्मक कार्यक्रमले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको अध्ययनलाई थप सहज बनाउने विश्वास व्यक्त गरिएको छ


