राप्तीमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमबारे अभिमुखीकरण

तुलबहादुर कवँर मगरमसुरिया, २५ जेठ।दाङको राप्ती गाउँपालिकामा ‘पढ्दै कमाउँदै’ शिक्षा कार्यक्रमबारे सोमबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूलाई अध्ययनसँगै सीप, उद्यमशीलता र आयआर्जनका अवसरसँग जोड्दै विद्यालय शिक्षालाई व्यवहारिक, सीपमूलक तथा उत्पादनमुखी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिनुभयो। कार्यक्रममा डिग फर नेपालका अध्यक्ष नारायण सिग्देलले ‘पढ्दै…

जनप्रिय सामुदायिक वनद्वारा जनता माविका विद्यार्थीलाई झोला वितरण

देउखुरी (दाङ), जेठ २२, २०८३ दाङको गढवा गाउँपालिका वडा नम्बर १ स्थित जनता माध्यमिक विद्यालय कालाकाटेका आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले जनप्रिय सामुदायिक वन उपभोक्ता समूहले झोला वितरण कार्यक्रम सम्पन्न गरेको छ।https://www.facebook.com/share/v/191MPjfBLF/ जनप्रिय सामुदायिक वनकी अध्यक्ष हुमा देवी बुढाथोकीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद खनाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष…

जनता माविका वरिष्ठ शिक्षक देवलाल यादवलाई भव्य बिदाई, ५१ हजारको अक्षयकोष स्थापना

बालकृष्ण थापा क्षेत्री देउखुरी दाङ, २०८३ जेठ १९, सोमबार जनता माध्यमिक विद्यालयमा लामो समयदेखि कार्यरत वरिष्ठ शिक्षक श्री देवलाल यादव सरलाई आज एक विशेष कार्यक्रमका बिच भावपूर्ण बिदाई गरिएको छ। वि.सं. २०४२ सालबाट शिक्षण पेसामा प्रवेश गर्नुभएका यादवले वि.सं. २०५५ पुस २१ गतेदेखि २०८३ जेठ १६ गतेसम्म यसै विद्यालयमा अनवरत रूपमा सेवा पुर्‍याउनुभएको थियो। विद्यालय…

श्री जनज्योति आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक समिति गठन

देउखुरी, दाङ, जेठ ११, २०८३ ।दाङको राप्ती गाउँपालिका–४ नयाँगाउँस्थित श्री जनज्योति आधारभूत विद्यालय मा सोमबार विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) तथा शिक्षक अभिभावक समिति (शि.अ.स.) गठन गरिएको छ। राप्ती गाउँपालिकाको शिक्षा शाखाकी शिक्षा अधिकृत देबी मल्ल को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक–शिक्षिका तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता जेदुराम सुवेदीले…

श्री जनता मावि कालाकाटेमा नयाँ प्रधानाध्यापक चयन

देउखुरी, जेठ ७ । दाङको गढवा गाउँपालिका–१ स्थित श्री जनता माध्यमिक विद्यालय कालाकाटेको आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयका मा.वि. तह सामाजिक विषय शिक्षक श्री नेत्रप्रसाद खनाललाई प्रधानाध्यापक पदमा चयन गर्ने निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समितिको निर्णयसँगै खनाललाई विद्यालय परिवार तथा स्थानीय शिक्षाप्रेमीहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । नवचयनित प्रधानाध्यापक…

विद्यार्थी नेतृत्व चयन गर्दै गोरखा आइडियल स्कूलमा प्रिफ्याक्ट प्रणाली गठन

बालकृष्ण थापा क्षेत्री राम नगर, जेठ २ ।दाङको राप्ती गाउँपालिका–२ लालमटियास्थित गोरखा आइडियल स्कूल लालमटियाले विद्यार्थी नेतृत्व विकासलाई प्राथमिकता दिँदै कक्षा ९ सम्मका विद्यार्थीहरूबाट छात्र र छात्रातर्फ एक/एक जना ग्रुप लिडर (प्रिफ्याक्ट) चयन गरेको छ । विद्यालयमा आयोजित कार्यक्रममा मान बहादुर बुढा मगर को उपस्थितिमा उक्त चयन प्रक्रिया सम्पन्न गरिएको हो । साथै हरियो, रातो,…

“दुर्गा वाणी” मुखपत्र विमोचन

मसुरियामा विद्यालयको वार्षिक मुखपत्र सार्वजनिक वालकृष्ण थापा क्षेत्री देउखुरी,१ जेठ २०८३ । दाङको राप्ती गाउँपालिका–३ मसुरियास्थित दुर्गा भवानी आधारभूत विद्यालयले प्रकाशन गरेको वार्षिक मुखपत्र “दुर्गा वाणी” दोस्रो वर्ष, अंक–२ शुक्रबार एक कार्यक्रमका बीच विमोचन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी लगायतले संयुक्त रूपमा मुखपत्र विमोचन…

राष्ट्रिय परीक्षा बोर्डद्वारा ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक

काठमाडौं, जेठ ३१ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) ग्रेडवृद्धि परीक्षा २०८३ को समय तालिका सार्वजनिक गरेको छ । बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिने जनाइएको छ । परीक्षा सम्बन्धी विस्तृत तालिका बोर्डको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको छ ।

जनता मावि कालाकाटेको विव्यस अध्यक्षमा योगी

भानु जीएम वैशाख २९, दाङ । दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर १ , कालाकाटे स्थित श्री जनता माध्यमिक विद्यालय कालाकाटेको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजकुमार योगी चयन हुनुभएको छ । नेपालको केही ऐन संशोधन – २०८३ को नाबाट आएको अध्यादेश मार्फत देशैभरिका विद्यालयहरुलाई विद्यालय व्यवस्थापन समिति गठन/पुनर्गठन गर्न निर्देशन गरिएको थियो । अध्यादेश मार्फत…

विज्ञान शिक्षा प्रवर्द्धन: गुणस्तरीय भविष्य निर्माणका लागि साझा जिम्मेवारी

देउखुरी, दाङ, ९ गते बुधबार । आजको युग विज्ञान र प्रविधिको युग हो। मानव जीवनका हरेक पक्ष—स्वास्थ्य, कृषि, उद्योग, सञ्चार, वातावरण—सबै विज्ञानसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन्। त्यसैले विद्यालय तहबाटै वैज्ञानिक सोच, अनुसन्धानमुखी दृष्टिकोण र प्रयोगात्मक सीप विकास गराउनु अत्यन्त आवश्यक छ। यद्यपि, विज्ञान शिक्षा केवल पाठ्यपुस्तकमा सीमित रहँदासम्म यसको वास्तविक उद्देश्य पूरा हुन सक्दैन। यसको…