तीज गीतमा यसपटक रमझम होइन, बाढी–पहिरो र ग्लोबल वार्मिङको चिन्ता
वालकृष्ण थापा क्षेत्री दाङ, भदौ १८ ।देशका विभिन्न क्षेत्रमा बाढी तथा प्राकृतिक विपद्का घटनाले जनजीवन प्रभावित भइरहेका बेला दाङको राप्ती गाउँपालिकामा आयोजित विद्यालयस्तरीय तीज गीत तथा नृत्य प्रतियोगिताले मनोरञ्जनभन्दा वातावरण संरक्षण, प्राकृतिक विपद् र त्यसबाट जोगिने उपायबारे सचेतनामूलक सन्देश प्रवाह गरेको छ। राप्ती गाउँपालिका–अन्तर्गत दुर्गाभवानी आधारभूत विद्यालय, मसुरियामा डिभिजन वन कार्यालय लमहीको आर्थिक सहयोगमा आयोजित…


