राप्तीमा रिक्त प्रधानाध्यापक नियुक्तिको प्रक्रिया अघि बढाइने
मसुरिया , २० असोज ।दाङको राप्ती गाउँपालिकामा रिक्त रहेका प्रधानाध्यापक पदमा नियुक्तिका लागि प्रक्रिया अघि बढाइने भएको छ। गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा मंगलबार बसेको गाउँ शिक्षा समितिको बैठकले सामुदायिक विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय सुधारसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो। बैठकले शिक्षा नियमावली, २०५९ को परिच्छेद–१७ अन्तर्गत नियम ९३…


