राप्तीमा स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड सम्बन्धी अभिमुखीकरण

मसुरिया, १९ असार ।दाङको राप्ती गाउँपालिकामा स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न भएको छ। राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा मसुरियास्थित गाउँपालिका सभाहलमा आयोजित कार्यक्रममा पालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाहरूमा प्रदान गरिने सेवाको गुणस्तर अभिवृद्धि गर्ने, सेवाप्रवाहलाई प्रभावकारी बनाउने तथा न्यूनतम सेवा मापदण्ड कार्यान्वयनका विषयमा अभिमुखीकरण प्रदान गरिएको थियो। कार्यक्रमलाई…

राप्ती गाउँपालिकामा केराको थामबाट रेसा निकाल्ने तालिम सुरु

मसुरिया, १९ असार ।दाङको राप्ती गाउँपालिकामा केराको थामबाट रेसा निकाल्ने ८ दिने तालिम शुक्रबारदेखि सुरु भएको छ। स्थानीय स्तरमा उपलब्ध केराको थामलाई सदुपयोग गर्दै रेसा उत्पादनमार्फत आयआर्जन र उद्यमशीलता विकास गर्ने उद्देश्यले राप्ती गाउँपालिकाको आयोजनामा तालिम सञ्चालन गरिएको हो। तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै आर्थिक समृद्धि…

राप्तीमा मदिराजन्य तथा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी अभिमुखीकरण

मसुरिया, १९ असार शुक्रबार, । दाङको राप्ती गाउँपालिकामा मदिराजन्य तथा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ। मदिरा र सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगले मानव स्वास्थ्य, पारिवारिक जीवन, सामाजिक वातावरण तथा आर्थिक अवस्थामाथि पारिरहेको नकारात्मक प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य…

राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न

तुलबहादुर कवँर मगरमसुरिया, १७ असार ।दाङको राप्ती गाउँपालिकामा मगर भाषा संरक्षण, संवर्द्धन तथा नयाँ पुस्तामा मातृभाषाप्रति जागरण ल्याउने उद्देश्यले सञ्चालन गरिएको १० दिने मगर भाषा प्रशिक्षण बुधबार सम्पन्न भएको छ। राप्ती गाउँपालिका–८ पिपरीमा नेपाल मगर संघ राप्ती गाउँपालिकाको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित प्रशिक्षण समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भाषा, कला र संस्कृति…

लुम्बिनी प्रदेश सभाको एघारौं बैठक बुधबार बस्दै

देउखुरी (दाङ), बुधबार, असार १७, २०८३ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत एघारौं भोली बुधबार दिउँसो १ः०० बजे बस्ने भएको छ । सभामुखको निर्देशनअनुसार तय भएको बैठकमा राजश्व तथा व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलदेखि विधेयकसम्बन्धी कार्यसूचीसम्म रहेका छन् ।बैठकमा प्रदेश सभा सदस्यहरूले आगामी आर्थिक वर्षको ‘राजश्व र व्ययको वार्षिक अनुमान’माथि सैद्धान्तिक छलफलमा भाग लिने कार्यक्रम…

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

देउखुरी, दाङ,  २०८३ असार १४ गते आइतबार । लुम्बिनी प्रदेशमा बृहत् वृक्षारोपण अभियान सुरु गरिएको छ । वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय देउखुरी तथा विभिन्न सामुदायिक वनको सहकार्यमा अभियानको शुभारम्भ गरिएको हो । प्रदेशभर २५ लाख बिरुवा उत्पादन गरिएको र ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य राखिएको छ । सरकारी, निजी तथा…

इजरायल भ्रमणमा रहेका नेपाली मेयरहरूले आपत्कालीन सेवा प्रणालीको अवलोकन, सहकार्य विस्तारमा जोड

मिति: २०८३ असार २७ गते, शनिबार काठमाडौं। इजरायल भ्रमणमा रहेका नेपाली स्थानीय तहका प्रमुखहरूले इजरायलको राष्ट्रिय आपत्कालीन चिकित्सा तथा उद्धार सेवा संस्था मागेन डेभिड अडोम (एमडीए) का अत्याधुनिक सेवा तथा पूर्वाधारको अवलोकन गरेका छन्। इजरायलको विदेश मन्त्रालयको सार्वजनिक कूटनीति महाशाखा र एमडीएको सहकार्यमा आयोजित म्युनी एक्स्पो २०२६ अन्तर्गत विश्वका ३० जना मेयरले रामला र जेरुसेलमस्थित…

पोषणमैत्री नमुना गाउँका रूपमा मछीताल छनोट, स्थानीयलाई अभिमुखीकरण

तुलबहादुर कवँर मगरमसुरिया, ११ असार ।दाङको राप्ती गाउँपालिका–१ स्थित मछीताल गाउँलाई राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत पोषणमैत्री नमुना गाउँका रूपमा छनोट गरिएको छ। समुदायस्तरमै पोषण सुधार, कुपोषण न्यूनीकरण, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा पोषणसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले साे गाउँलाई पोषणमैत्री नमुना गाउँका रूपमा छनोट गरेको हो। नमुना गाउँ छनोट भएसँगै बिहीबार स्थानीय बासिन्दाका लागि पोषणमैत्री…

राप्तीमा सामुदायिक विपद् स्वयंसेवक आधारभूत तालिम सम्पन्न

तुलबहादुर कवँर मगरभालुबाङ, ११ असार।दाङको राप्ती गाउँपालिकामा एक हप्ते सामुदायिक विपद् स्वयंसेवक आधारभूत तालिम बिहीबार सम्पन्न भएको छ। राप्ती गाउँपालिकाको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल २९ नं. गण हेडक्वाटर ज्वालामाई भालुबाङको समन्वयमा सञ्चालन गरिएको तालिममा विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार, प्राथमिक उपचार, विपद्को समयमा अपनाउनुपर्ने सुरक्षा उपाय तथा सामुदायिक स्तरमा विपद् व्यवस्थापनसम्बन्धी व्यवहारिक…

राप्ती–४ मा दुना–टपरी उत्पादन सम्बन्धी सिप विकास तालिम सम्पन्न

तुलबहादुर कवँर मगरमसुरिया, १२ असार ।दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरखुट्टीमा सञ्चालन गरिएको दुना–टपरी उत्पादन सम्बन्धी सिप विकास तालिम बिहीबार सम्पन्न भएको छ। स्थानीय महिलाहरूलाई स्वरोजगारमुखी सीप प्रदान गरी आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले राप्ती गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको तालिममा स्वराेजगार महिला समूहका १५ जना महिलाहरूको सहभागिता रहेको थियो। पाँच दिनसम्म सञ्चालन भएको तालिममा…