राप्ती गाउँपालिकाद्वारा प्रहरी निरीक्षक ऐरीलाई बिदाइ

मसुरिया, ४ असार।दाङको राप्ती गाउँपालिकाले इलाका प्रहरी कार्यालय भालुबाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीलाई बिहीबार फेरि भेटौँला कार्यक्रम गरी बिदाइ गरेको छ। नेपाल प्रदेश प्रहरी कार्यालय, भैरहवा रुपन्देहीमा सरुवा भएपछि गाउँपालिकाले उहाँलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्दै बिदाइ गरेको हो। साे अवसरमा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले प्रहरी निरीक्षक ऐरीले आफ्नो कार्यकालमा राप्ती…

मिडिया क्षेत्र कमजोर हुँदा लोकतन्त्रमाथि खतरा बढ्छ : मुख्यमन्त्री आचार्य

देउखुरी, दाङ,  असार १ गते सोमबार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्र लोकतन्त्रको मेरुदण्ड भएकाले यसको संरक्षण, प्रवर्द्धन र सुदृढीकरणमा प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ ।नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले सञ्चारमाध्यममाथि भइरहेको आर्थिक नाकाबन्दी हटाउन माग गर्दै लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्रको मूल गेटमा धर्ना दिएपछि मुख्यमन्त्री आचार्यसँग भएको भेटघाटमा उहाँले…

भूम्या पर्वले प्रकृति संरक्षण र सामाजिक सद्भावको सन्देश दिएको छः मुख्यमन्त्री आचार्य

देउखुरी, दाङ,  असार १ गते सोमबार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले भूम्या पर्वले प्रकृति संरक्षण, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउने महत्वपूर्ण सन्देश दिएको बताउनुभएको छ ।भूम्या पर्व २०८३ का अवसरमा सोमवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रकृति, भूमि, जलस्रोत तथा वातावरणप्रतिको सम्मान र कृतज्ञताको भाव व्यक्त गर्दै मनाइने यो पर्व…

राप्तीमा ‘सिकाइ–२: ठुली दिदी मोडेल’ परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न

मसुरिया, ३१ जेठ ।दाङको राप्ती गाउँपालिकामा ‘सिकाइ–२: आधारभूत सिकाइका लागि ठुली दिदी (बिग सिस्टर) मोडेलको परिष्कृत तथा विस्तार परियोजना’ अन्तर्गत पालिका स्तरीय परिचयात्मक कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चाैधरी, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी,वडा नम्बर ९ का वडाध्यक्ष रिम बहादुर सुनारी मगर,…

पोषणमार्फत् जीवन रूपान्तरण परियोजनाको स्थलगत अनुगमनकुपोषण न्यूनीकरणसँगै जीविकोपार्जन सुधारमा सकारात्मक प्रभाव

तुलबहादुर कवँर मगरमसुरिया, ३१ जेठ । दाङको राप्ती गाउँपालिकामा सञ्चालित ‘पोषणमार्फत् जीवन रूपान्तरण परियोजना’ अन्तर्गत कुपोषण न्यूनीकरण, खाद्य तथा पोषण सुरक्षा सुदृढीकरण र विपन्न परिवारको जीविकोपार्जन सुधारका लागि सञ्चालन भइरहेका कार्यक्रमहरूको शनिबार स्थलगत अनुगमन गरिएको छ। हेलेन केलर इन्टरनेसनल र आईडीई नेपालको आर्थिक तथा प्राविधिक सहयोग, बेस नेपालको साझेदारी तथा राप्ती गाउँपालिकाको समन्वयमा सञ्चालित परियोजनाअन्तर्गतका…

राप्तीमा कार्यालय सहयोगी तथा सवारी चालकलाई शिष्टाचार तालिम

तुलबहादुर कवँर मगरमसुरिया, २८ जेठ।दाङको राप्ती गाउँपालिकाले कार्यालय सहयोगी तथा सवारी चालकहरूका लागि तीन दिने शिष्टाचार तथा कुशल सेवा प्रवाह सम्बन्धी तालिम सुरु गरेको छ। सेवा प्रवाहलाई थप प्रभावकारी, नागरिकमैत्री, उत्तरदायी तथा गुणस्तरीय बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा गाउँपालिका, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा कार्यरत कार्यालय सहयोगी र सवारी चालकहरूको सहभागिता रहेको छ। तालिमको उद्घाटन…

राप्तीमा सिकल सेल एनिमिया तथा थालेसेमिया सम्बन्धी अभिमुखीकरण

तुलबहादुर कवँर मगरमसुरिया, २८ जेठ।दाङको राप्ती गाउँपालिकामा सिकल सेल एनिमिया, थालेसेमिया लगायत रक्तजन्य रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ। राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाको सभाहल मसुरियामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले सिकल सेल एनिमिया र थालेसेमिया जस्ता वंशाणुगत रोगको समयमै पहिचान, परीक्षण तथा उपचार आवश्यक रहेको बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षको…

विश्व उच्च रक्तचाप दिवसको अवसरमा राप्तीमा नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

तुलबहादुर कवँर मगरसिसहनियाँ, ३ जेठ।दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा विश्व उच्च रक्तचाप दिवसको अवसरमा निःशुल्क नसर्ने रोग परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। “उच्च रक्तचाप नियन्त्रणमा सबैको साथ : नियमित रक्तचाप जाँचौँ, मौन घातकलाई पराजित गरौँ” भन्ने नारासहित आइतबार आयोजित कार्यक्रममा ७९ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरमा सहभागीहरूको मधुमेह तथा उच्च रक्तचाप…

राप्ती र सुदूरपश्चिमका स्थानीय तहबीच विपद् व्यवस्थापनसम्बन्धी सिकाइ आदान–प्रदान

मसुरिया, ३१ बैशाख ।दाङको राप्ती गाउँपालिका र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहबीच विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी अन्तरपालिका स्तरीय सिकाइ आदान–प्रदान कार्यक्रम बिहीबार मसुरियामा सम्पन्न भएको छ। कार्यक्रममा कैलालीको गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, चुरे गाउँपालिका तथा कञ्चनपुरको शुक्लाफाँट नगरपालिका र कृष्णपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष…

मुख्यमन्त्री आचार्य र स्वीस सहयोग प्रमुख मायरबीच भेटवार्ता

संघीयता सुदृढीकरण र प्राविधिक शिक्षामा जोडदाङ, ३१ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य संग स्विट्जरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायर ले सिष्टाचार भेटवार्ता गर्नु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री आचार्यले प्रदेशलाई समृद्ध बनाउन प्राविधिक शिक्षाको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले दक्ष जनशक्ति उत्पादन, नव प्रवर्तन र सीपमूलक शिक्षामार्फत…