असार २७ मा ‘कोहलपुर माइल’ हुँदै: विश्वव्यापी ‘वन ग्लोबल माइल’ अभियानमा नेपालको सहभागिता

नेपालगन्ज ४ गते।विश्वभर दौड संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको ‘वन ग्लोबल माइल’ अभियान अन्तर्गत नेपालमा पनि यस वर्ष असार २७ गते (जुलाई ११) ‘कोहलपुर माइल’ दौड आयोजना हुने भएको छ। हरेक वर्ष जुलाई ११ मा मनाइने यो विशेष दौड कार्यक्रम ‘एक माइल, एक दिन, एक विश्व’ भन्ने नाराका साथ विश्वका दर्जनभन्दा बढी देशमा…

राप्ती गाउँपालिकाद्वारा विद्यार्थी भर्ना अभियान र शैक्षिक गतिविधि सञ्चालनबारे सूचना जारी

लालमटिया, दाङ, बैशाष ३ । राप्ती गाउँपालिकाको कार्यालयले शैक्षिक सत्र २०८३ सञ्चालन तथा व्यवस्थापनका लागि विद्यार्थी भर्ना अभियान र विभिन्न शैक्षिक क्रियाकलाप सञ्चालनसम्बन्धी सूचना सार्वजनिक गरेको छ । गाउँ कार्यपालिकाको २०८३ साल बैशाख ३ गते बसेको बैठकको निर्णयअनुसार गाउँपालिकाभित्रका सबै विद्यालयलाई निर्धारित कार्यतालिकाअनुसार कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको हो । जारी सूचनाअनुसार बैशाख ४ गतेदेखि…

सचेत रहौँ, जंगल जोगाऔँ

राप्ती गाउँपालिकाको वडा नं. २ र ३ को जंगल क्षेत्रमा वन डढेलो तीव्र रूपमा फैलिँदै केही दिनअघि वडा नं. १ मा लागेको आगो नियन्त्रणमा आए पनि अहिले पश्चिमबाट पूर्वतर्फ पुनः फैलिने क्रम जारी छ ।यो गर्मीयाममा देशभरि नै वन डढेलोको जोखिम बढ्दो छ—सचेत रहौँ, जंगल जोगाऔँ

जनअपेक्षा अनुसार सेवा सुधारमा सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन प्रवद्र्धन, पारदर्शिता अभिवृद्धि तथा भ्रष्टाचार नियन्त्रणलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । नयाँ वर्ष २०८३ को अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले जनअपेक्षा अनुसार सेवाप्रवाहलाई सहज, प्रभावकारी र जनमैत्री बनाउनेतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो । उहाँले संविधानले प्रत्याभूत गरेका…