विश्व उच्च रक्तचाप दिवसको अवसरमा राप्तीमा नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

तुलबहादुर कवँर मगरसिसहनियाँ, ३ जेठ।दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा विश्व उच्च रक्तचाप दिवसको अवसरमा निःशुल्क नसर्ने रोग परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। “उच्च रक्तचाप नियन्त्रणमा सबैको साथ : नियमित रक्तचाप जाँचौँ, मौन घातकलाई पराजित गरौँ” भन्ने नारासहित आइतबार आयोजित कार्यक्रममा ७९ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरमा सहभागीहरूको मधुमेह तथा उच्च रक्तचाप…

राप्ती र सुदूरपश्चिमका स्थानीय तहबीच विपद् व्यवस्थापनसम्बन्धी सिकाइ आदान–प्रदान

मसुरिया, ३१ बैशाख ।दाङको राप्ती गाउँपालिका र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहबीच विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी अन्तरपालिका स्तरीय सिकाइ आदान–प्रदान कार्यक्रम बिहीबार मसुरियामा सम्पन्न भएको छ। कार्यक्रममा कैलालीको गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, चुरे गाउँपालिका तथा कञ्चनपुरको शुक्लाफाँट नगरपालिका र कृष्णपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष…

मुख्यमन्त्री आचार्य र स्वीस सहयोग प्रमुख मायरबीच भेटवार्ता

संघीयता सुदृढीकरण र प्राविधिक शिक्षामा जोडदाङ, ३१ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य संग स्विट्जरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायर ले सिष्टाचार भेटवार्ता गर्नु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री आचार्यले प्रदेशलाई समृद्ध बनाउन प्राविधिक शिक्षाको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले दक्ष जनशक्ति उत्पादन, नव प्रवर्तन र सीपमूलक शिक्षामार्फत…

असार २७ मा ‘कोहलपुर माइल’ हुँदै: विश्वव्यापी ‘वन ग्लोबल माइल’ अभियानमा नेपालको सहभागिता

नेपालगन्ज ४ गते।विश्वभर दौड संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको ‘वन ग्लोबल माइल’ अभियान अन्तर्गत नेपालमा पनि यस वर्ष असार २७ गते (जुलाई ११) ‘कोहलपुर माइल’ दौड आयोजना हुने भएको छ। हरेक वर्ष जुलाई ११ मा मनाइने यो विशेष दौड कार्यक्रम ‘एक माइल, एक दिन, एक विश्व’ भन्ने नाराका साथ विश्वका दर्जनभन्दा बढी देशमा…

राप्ती गाउँपालिकाद्वारा विद्यार्थी भर्ना अभियान र शैक्षिक गतिविधि सञ्चालनबारे सूचना जारी

लालमटिया, दाङ, बैशाष ३ । राप्ती गाउँपालिकाको कार्यालयले शैक्षिक सत्र २०८३ सञ्चालन तथा व्यवस्थापनका लागि विद्यार्थी भर्ना अभियान र विभिन्न शैक्षिक क्रियाकलाप सञ्चालनसम्बन्धी सूचना सार्वजनिक गरेको छ । गाउँ कार्यपालिकाको २०८३ साल बैशाख ३ गते बसेको बैठकको निर्णयअनुसार गाउँपालिकाभित्रका सबै विद्यालयलाई निर्धारित कार्यतालिकाअनुसार कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको हो । जारी सूचनाअनुसार बैशाख ४ गतेदेखि…

सचेत रहौँ, जंगल जोगाऔँ

राप्ती गाउँपालिकाको वडा नं. २ र ३ को जंगल क्षेत्रमा वन डढेलो तीव्र रूपमा फैलिँदै केही दिनअघि वडा नं. १ मा लागेको आगो नियन्त्रणमा आए पनि अहिले पश्चिमबाट पूर्वतर्फ पुनः फैलिने क्रम जारी छ ।यो गर्मीयाममा देशभरि नै वन डढेलोको जोखिम बढ्दो छ—सचेत रहौँ, जंगल जोगाऔँ

जनअपेक्षा अनुसार सेवा सुधारमा सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन प्रवद्र्धन, पारदर्शिता अभिवृद्धि तथा भ्रष्टाचार नियन्त्रणलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । नयाँ वर्ष २०८३ को अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले जनअपेक्षा अनुसार सेवाप्रवाहलाई सहज, प्रभावकारी र जनमैत्री बनाउनेतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो । उहाँले संविधानले प्रत्याभूत गरेका…