राप्ती गाउँपालिकाको नीति तथा कार्यक्रम पारित
मसुरिया, ९ असार ।दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रम गाउँसभाबाट पारित भएको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गत असार ५ गते दोस्रो गाउँसभाको नवौं अधिवेशनमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम मंगलबार बसेको गाउँसभाको बैठकमा सैद्धान्तिक छलफलपछि बहुमतले पारित भएको हो। पारित नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी, पूर्वाधार…


