राप्ती गाउँपालिकाले ल्यायो ‘राप्ती कृषि एप’, किसानलाई डिजिटल सेवाको सुविधा

तुलबहादुर कवँर मगरभालुबाङ, २७ साउन।दाङको राप्ती गाउँपालिकाले किसानलाई कृषि सेवा तथा सूचना सहज रूपमा उपलब्ध गराउने उद्देश्यले ‘राप्ती कृषि एप’ सञ्चालनमा ल्याएको छ। एपमार्फत किसानले मौसमको जानकारी, कृषि उपजको बजार मूल्य, बालीसम्बन्धी विवरण तथा पशुपालनसम्बन्धी जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन्। त्यस्तै, बालीमा लाग्ने रोग तथा कीराको पहिचान, त्यसको रोकथाम तथा नियन्त्रणका उपाय, कृषि प्रविधि र…

व्यवसायमा व्यावसायिक इमानदारी आवश्यक छ : अध्यक्ष विष्ट

तुलबहादुर कवँर मगरसिसहनियाँ, २५ साउन ।राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले व्यवसायीले आफ्नो व्यवसायप्रति व्यावसायिक इमानदारी, अनुशासन र असल आचरण कायम गर्नुपर्ने बताउनुभएको छ। व्यवसायमा गलत आचरणले प्रश्रय पाए बजारको विश्वसनीयता घट्ने उहाँको भनाइ छ। सिसहनियाँ उद्योग वाणिज्य संघको १२औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले स्थानीय सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्रै…

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता, २०८३ साउन २४ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा बढिरहेको नदी कटान र त्यसबाट उत्पन्न हुनसक्ने जोखिमको स्थलगत अनुगमन गर्नुभएको छ । सुरक्षा निकाय तथा स्थानीय बासिन्दाको उपस्थितिमा आइतबार मुख्यमन्त्री आचार्यले सुस्ता क्षेत्रको नदी कटान प्रभावित क्षेत्रको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले नदी कटान नियन्त्रणलाई प्रदेश सरकारले…

एउटा विद्यालय, एउटा सपना र गाउँको साझा अभियान : कालाकाटेको जनता माविमा बस किन्न जुट्दै सहयोग

बालकृष्ण थापा क्षेत्रीदाङ, कालाकाटे । २०८३ साउन २४ गते गढवा गाउँपालिका–१ कालाकाटेस्थित जनता माध्यमिक विद्यालय यतिबेला सामाजिक सञ्जालदेखि गाउँघरको चिया चौतारासम्म चर्चामा छ। चर्चा विद्यालयको भवन, परीक्षा नतिजा वा कुनै उत्सवको होइन, विद्यार्थीका लागि आफ्नै विद्यालयको बस खरिद गर्ने एउटा सुन्दर सपनाको हो। लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको नजिकै, पूर्व–पश्चिम राजमार्गसँग जोडिएको कालाकाटेमा रहेको जनता माविको…

युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनिकरण गर्न सकिन्छ:मुख्यमन्त्री आचार्य

दाङ, २०८३, साउन१९, मङ्गलबार, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउन सके सवारी दुर्घटनामा उल्लेख्य कमी ल्याउन सकिने बताउनुभएको छ ।प्रदेश स्तरीय सडक सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीलाई लमहीमा मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको र त्यसमा विशेषगरी १६ देखि ३० वर्ष उमेर समूहका युवाको…

एनबीएफए र मित्रश्री पाठशाला यु–१२ ब्वाइजतर्फ फाइनलमा

काठमाडौं, साउन १९ – एनबीएफए र मित्रश्री पाठशालाले पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको यु–१२ ब्वाइजतर्फ फाइनलमा स्थान सुरक्षित गरेका छन्। बूढानीलकण्ठ नगरपालिका–भंगालस्थित भ्याली पब्लिक विद्यालयमा सोमबार सम्पन्न सेमिफाइनलमा एनबीएफएले डाफोडिललाई २–१ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो। एनबीएफएका आरुष दाहालले दुवै गोल गरे भने डाफोडिलका जेभिसले एक सान्त्वना गोल फर्काए। अर्को सेमिफाइनलमा मित्रश्री…

राप्तीको करार खेती : जग्गाविहीन युवाका लागि व्यवसायको ढोका

भाडामा जग्गा लिएर व्यावसायिक खेती गर्ने युवालाई तीन वर्षसम्म अनुदान, ३२ कृषक २८ बिघामा नगदेबाली उत्पादन गर्दै तुलबहादुर कवँर मगरमसुरिया, १६ साउन।आफ्नै नाममा जग्गा नभएकै कारण कृषि व्यवसाय सुरु गर्न नसक्ने युवाका लागि दाङको राप्ती गाउँपालिकाले सञ्चालन गरेको करार खेती कार्यक्रम नयाँ अवसरको ढोका बनेको छ। भाडामा जग्गा लिएर व्यावसायिक खेती गर्ने कृषकलाई अनुदान उपलब्ध…

गढवा–१ बडहरामा जीर्ण विद्युत संरचनाले दुर्घटनाको जोखिम, स्थानीयले गरे तत्काल मर्मतको माग

दाङ, २०८३ साउन ११। दाङ जिल्लाको गढवा गाउँपालिका–१ बडहरा क्षेत्रमा रहेका जीर्ण काठका विद्युत पोल र नाङ्गा विद्युत तारका कारण स्थानीयवासी त्रसित बनेका छन्। सामाजिक अभियन्ताका रूपमा परिचित सन्देश भण्डारी ले चौतारी न्यूजमा पठाएको जानकारीका आधारमा स्थानीयको समस्यालाई सार्वजनिक गरिएको हो। पछिल्लो समय गढवा गाउँपालिकाका विभिन्न स्थानमा विद्युत दुर्घटनाका कारण मानवीय क्षति भएका घटनापछि स्थानीयहरू आफ्नो…

कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन राप्ती गाउँपालिकालाई हस्तान्तरण

मसुरिया, २८ असार ।दाङको राप्ती गाउँपालिकामा निर्माण गरिएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन शनिबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड), आर्थिक करिडोर बुटवल कार्यालयले निर्माण गरेको उक्त भवन आयोजनाका प्रमुख डा. उत्तमकुमार आचार्यले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश…

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च गर्यो ?

दाङ २०८३ असार २६, शुक्रबार, लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को असार २५ गतेसम्म कुल बजेटको ६७.१८ प्रतिशत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार ३८ अर्ब ९१ करोड रुपैयाँको कुल बजेटमध्ये २६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ खर्च…