राप्तीमा दुई दिने व्यावसायिक बाख्रा पालन तालिम सम्पन्न

तुलबहादुर कवँर मगरमसुरिया, २५ असार ।दाङको राप्ती गाउँपालिकामा सञ्चालित दुई दिने व्यावसायिक बाख्रा पालन सम्बन्धी तालिम बिहीबार सम्पन्न भएको छ। मुक्त कमैया–कमलरी आयवृद्धि तथा सीप विकास कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको तालिममा ५० जना लाभग्राहीको सहभागिता रहेको थियो। गाउँपालिकाले गत हप्ता कार्यक्रमअन्तर्गत सहभागीहरूलाई माउ बाख्रा वितरण गरेको थियो। वितरण गरिएका बाख्राको प्रभावकारी व्यवस्थापन, रोग नियन्त्रण, पोषण, प्रजनन…

राप्ती गाउँपालिकाले गर्‍यो ७८.५२ प्रतिशत बजेट खर्च

तुलबहादुर कवँर मगरमसुरिया, २६ असार।दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा कुल विनियोजित बजेटको ७८.५२ प्रतिशत खर्च गरेको छ। गाउँपालिकाले बिहीबार आर्थिक वर्ष २०८२/०८३ को बजेट विनियोजन तथा खर्चको विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। सार्वजनिक विवरणअनुसार गाउँपालिकाले ६६ करोड ६ लाख २५ हजार ९ सय ४२ रुपैयाँ ४ पैसा बजेट विनियोजन गरेकोमा ५१…

लुम्बिनीमा थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित

दाङ २०८३ असार २४, बुधबार, लुम्बिनी प्रदेश सभाले थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्न कानुनी आधार तयार गर्ने उद्देश्यले उक्त विधेयक तयार पारिएको हो । प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत बुधवार राती बसेको १८ औं…

लुम्बिनी प्रदेशसभाबाट अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित

दाङ २०८३ असार २४, बुधबार, लुम्बिनी प्रदेशसभाबाट प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ ।प्रदेशसभाको आठौं अधिवेशनअन्तर्गत बुधबार राति बसेको १८ औं बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो । बैठकमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव आर्थिक…

लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न प्राधिकरण र निर्माण व्यवसायी महासंघबीच सम्झौता

दाङ २०८३ असार २३, मङ्गलबार, । लुम्बिनी प्रदेशमा निर्माण सामग्रीको गुणस्तर परीक्षणलाई व्यवस्थित र विश्वसनीय बनाउन प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण व्यवसायी महासंघ, लुम्बिनी प्रदेशबीच साझेदारीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा मंगलबार सम्पन्न कार्यक्रममा प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ई….

पोषणमैत्री अस्पताल तथा स्वास्थ्य संस्था घोषणाका लागि राप्तीमा योजना तर्जुमा

मसुरिया, १८ असार ।दाङको राप्ती गाउँपालिकाले पालिकाभित्र रहेका अस्पताल तथा स्वास्थ्य संस्थालाई पोषणमैत्री संस्था घोषणा गर्ने उद्देश्यले योजना तर्जुमा तथा समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत गाउँपालिकाको स्वास्थ्य शाखाले बिहीबार आयोजना गरेको कार्यक्रममा पोषणमैत्री अस्पताल तथा स्वास्थ्य संस्था घोषणाका लागि आवश्यक मापदण्ड, सूचक तथा कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा स्वास्थ्य संस्थाबाट हाल…

राप्ती गाउँपालिकाद्वारा प्रशासन प्रमुख ज्ञवालीलाई बिदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रम

तुलबहादुर कवँर मगरमसुरिया, १५ असार।दाङको राप्ती गाउँपालिकाले सरुवा भई रुपन्देहीको रोहिणी गाउँपालिकामा जान लाग्नुभएका प्रशासन शाखा प्रमुख विकास ज्ञवालीलाई सोमबार एक कार्यक्रमका बीच बिदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रम गरी विदाइ गरेको छ। राप्ती गाउँपालिकामा करिब साढे ६ वर्ष प्रशासन शाखा प्रमुखका रूपमा कार्यरत रहनुभएका ज्ञवालीलाई गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत…

स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ : मुख्यमन्त्री आचार्य

प्युठान, २०८३ असार १३, शनिबार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले स्थानीय उत्पादनको बजारीकरणबाट मात्रै ग्रामीण अर्थतन्त्र सुदृढ बन्न सक्ने बताउनुभएको छ । सरुमारानी गाउँपालिका वडा नम्बर २ बगालेमा स्थापना गरिएको हाट बजारको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले हाट बजारमा स्थानीय किसानले उत्पादन गरेका वस्तुलाई मात्रै प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।उहाँले भारतबाट आयात गरिएका…

राप्तीको बजेटसहित विभिन्न प्रतिवेदन र विधेयक पारित

तुलबहादुर कवँर मगरमसुरिया, १२ असार।दाङको राप्ती गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत बजेटसहित विभिन्न समितिका प्रतिवेदन तथा विधेयक गाउँसभाबाट सर्वसम्मत रूपमा पारित भएका छन्। गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशन अन्तर्गत शुक्रबार बसेको बैठकले उपाध्यक्ष कमलापति चौधरीले गत असार १० गते प्रस्तुत गर्नुभएको ७५ करोड ४ लाख ९६ हजार रुपैयाँ बराबरको बजेटमाथि छलफल गरी…

राप्ती गाउँपालिकाले ल्यायो ७५ करोड ४ लाख ९६ हजारको बजेट

मसुरिया, असार ११ दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७५ करोड ४ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशनमा उपाध्यक्ष कमलापति चौधरीले बजेट प्रस्तुत गर्दै संघीय सरकार, प्रदेश सरकार, राजस्व बाँडफाँट तथा आन्तरिक स्रोतबाट प्राप्त हुने आयका आधारमा बजेट विनियोजन गरिएको जानकारी दिनुभएको हो। प्रस्तुत…