ग्रिनफिल्ड फाइनलमा प्रवेश
काठमाडौं, जेठ १६
दोस्रो महामञ्जुश्री कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ ग्रिनफिल्ड विद्यालय फाइनलमा प्रवेश गरेको छ।
नागर्जुन नगरपालिका–५, सीतापाइलास्थित आयोजक महामञ्जुश्री विद्यालयको कोर्टमा शनिबार भएको सेमिफाइनल खेलमा ग्रिनफिल्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १४–१२ अंकले पराजित गर्दै उपाधिनजिक पुगेको हो।
अब ग्रिनफिल्डले उपाधिका लागि महामञ्जुश्री र पिपुल्स एकेडेमीबीच हुने अर्को सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

यसैगरी, सिनियर ब्वाइजतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ। फाइनल प्रवेशका लागि विल्सन एकेडेमीले नवीन ज्योतिसँग तथा होली भिजनले निम्ससँग प्रतिस्पर्धा गर्नेछन्।
सिनियर गल्र्सतर्फ क्वाटरफाइनल चरणका खेलहरू तय भएका छन्। यसअन्तर्गत चाँदबाग र केभीसी, निम्स र स्वर्णिम, त्रिज्योति र पुष्पसदन तथा न्यु जेनिथ र टेरेसा एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिता आइतबार सम्पन्न हुने आयोजकले जनाएको छ।


