१९ टिम सहभागीसहित सेभेन–ए–साइड प्रतियोगिता सुरु

काठमाण्डौ, २०८३ वैशाख १९ गते

वडा ७ को आयोजनामा सुरु भएको सेभेन–ए–साइड नकआउट प्रतियोगिता एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। प्रतियोगिताको उद्घाटन आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडाले गरेका हुन्।

प्रतियोगितामा कुल १९ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। नकआउट प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगिताले स्थानीय खेलप्रेमीहरूबीच उत्साह थपेको छ।

प्रतियोगिताअन्तर्गत विजेता टिमले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले १५ हजार रुपैयाँमा चित्त बुझाउनेछ। यसका साथै विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने ४ खेलाडीलाई जनही २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

बैशाख २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रतिस्पर्धा थप रोमाञ्चक हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ