ह्यान्डबल टोली आईएचएफ जुनियर ट्रफीका लागि बंगलादेश प्रस्थान
देउखुरी, दाङ, जेठ २७ गते बुधबार
आईएचएफ यु–२० तथा यु–१८ पुरुष जुनियर ह्यान्डबल ट्रफीमा सहभागी हुन २८ खेलाडीसहित ३१ सदस्यीय नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गरेको छ । प्रतियोगिता जुन १० देखि १४ तारिखसम्म आयोजना हुँदैछ ।
नेपालले प्रतियोगितामा यु–२० र यु–१८ दुवै उमेर समूहमा प्रतिस्पर्धा गर्नेछ ।
यु–२० टोली
यु–२० समूहमा रोशन विक, हविन छन्त्याल, विश्वास गायक, सुदिप घले, केभिन गुरुङ, निरज गुरुङ, रितिक परियार, सुन्दर फगामी, निसान पुन, विकल पुन, मिसन पुन, रिजन श्रेष्ठ, सोनिस तामाङ र विवेक थापा रहेका छन् । टोलीको प्रशिक्षकमा दिनेश श्रेष्ठ छन् ।
यु–१८ टोली
यु–१८ उमेर समूहमा अनिस विक, अल्विन गुरुङ, सुजल गुरुङ, दिव्य गुरुङ, सुविन पुन, सितल गुरुङ, निसान गुरुङ, आदिस फगामी, प्रज्ज्वल पौडेल, संस्कार पुन, कुशल पुन, सुमित पुन, अनमोल श्रेष्ठ र सुशान थापा रहेका छन् ।
यस समूहका प्रशिक्षक विशाल बस्नेत हुन् भने अफिसियलमा कृष्ण चोङवाङ रहेका छन् ।
टोलीलाई बिदाइ
टोलीलाई मंगलबार आयोजित एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रीका प्रमुख सल्लाहकार सिद्धी ब्यञ्जनकार र सल्लाहकार राजु सिंहले बिदाइ गरेका थिए ।


