लुम्बिनी प्रदेशमा अतिक्रमित जग्गा खाली गराउन सूचना जारी

देउखुरी, दाङ, बुधबार, जेठ १३, २०८३

लुम्बिनी प्रदेश सरकारले २१ बिगाह ९ कट्ठा ७ धुर क्षेत्रफलको सरकारी जग्गामा निर्माण गरिएका संरचना हटाउन सूचना जारी गरेको छ । प्रदेश सरकारअन्तर्गत सम्बन्धित निकायले सार्वजनिक तथा सरकारी प्रयोजनका लागि उपयोग हुने उक्त जग्गामा बनाइएका अस्थायी तथा स्थायी संरचना तोकिएको समयभित्र हटाउन आग्रह गरेको हो ।
सूचनामा उल्लेख भएअनुसार जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा तथा अन्य संरचना स्वेच्छिक रूपमा हटाउन निर्देशन दिइएको छ । अन्यथा प्रचलित कानुनअनुसार हटाउने प्रक्रिया अघि बढाइने जनाइएको छ ।
प्रदेश सरकारले सार्वजनिक सम्पत्तिको संरक्षण तथा व्यवस्थित उपयोगका लागि अभियानलाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ । स्थानीय प्रशासन र सम्बन्धित निकायलाई समेत आवश्यक समन्वय गरी प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ