नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर
रामनगर, दाङ, २०८३ असोज २० गते
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले नेसनल प्याथ ल्याबलाई मेडिकल पार्टनरका रूपमा अनुबन्ध गरेको छ।
सम्झौताअनुसार एनपीएलका क्रममा नेसनल प्याथ ल्याबले सुदूरपश्चिम रोयल्सका खेलाडी तथा टोलीका सदस्यलाई आवश्यक डायग्नोस्टिक सेवा तथा स्वास्थ्यसम्बन्धी सहयोग उपलब्ध गराउनेछ।
नेसनल प्याथ ल्याबले खेलाडीको स्वास्थ्य र फिटनेसलाई प्राथमिकतामा राख्दै गुणस्तरीय डायग्नोस्टिक सेवा प्रदान गर्न पाउँदा खुसी व्यक्त गरेको छ। नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने उद्देश्यसहित एनपीएल यात्रामा सुदूरपश्चिम रोयल्सलाई जिम्मेवार मेडिकल पार्टनरका रूपमा निरन्तर सहयोग गर्ने जनाएको छ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले खेलाडीको स्वास्थ्य र फिटनेस टोलीको सफलताका महत्वपूर्ण आधार भएको बताए।
“खेलाडीको स्वास्थ्य र फिटनेस हाम्रो प्राथमिकतामा पर्छ। एनपीएलजस्तो लामो र प्रतिस्पर्धात्मक प्रतियोगितामा आवश्यक स्वास्थ्य तथा डायग्नोस्टिक सेवा समयमै उपलब्ध हुनु महत्वपूर्ण हुन्छ। नेसनल प्याथ ल्याबजस्तो विश्वासिलो संस्थासँग मेडिकल पार्टनरका रूपमा सहकार्य गर्न पाउँदा हामी खुसी छौं,” खड्काले भने।
उनले नेसनल प्याथ ल्याबको विशेषज्ञता र सहयोगले प्रतियोगिताभर टोलीलाई थप आत्मविश्वासका साथ अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सुदूरपश्चिम रोयल्स र नेसनल प्याथ ल्याबबीचको सहकार्यले खेलाडीको स्वास्थ्य सुरक्षाका साथै नेपाली क्रिकेटमा व्यावसायिक स्वास्थ्य अभ्यासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले नेसनल प्याथ ल्याबलाई मेडिकल पार्टनरका रूपमा अनुबन्ध गरेको छ।
सम्झौताअनुसार एनपीएलका क्रममा नेसनल प्याथ ल्याबले सुदूरपश्चिम रोयल्सका खेलाडी तथा टोलीका सदस्यलाई आवश्यक डायग्नोस्टिक सेवा तथा स्वास्थ्यसम्बन्धी सहयोग उपलब्ध गराउनेछ।
नेसनल प्याथ ल्याबले खेलाडीको स्वास्थ्य र फिटनेसलाई प्राथमिकतामा राख्दै गुणस्तरीय डायग्नोस्टिक सेवा प्रदान गर्न पाउँदा खुसी व्यक्त गरेको छ। नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने उद्देश्यसहित एनपीएल यात्रामा सुदूरपश्चिम रोयल्सलाई जिम्मेवार मेडिकल पार्टनरका रूपमा निरन्तर सहयोग गर्ने जनाएको छ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले खेलाडीको स्वास्थ्य र फिटनेस टोलीको सफलताका महत्वपूर्ण आधार भएको बताए।
“खेलाडीको स्वास्थ्य र फिटनेस हाम्रो प्राथमिकतामा पर्छ। एनपीएलजस्तो लामो र प्रतिस्पर्धात्मक प्रतियोगितामा आवश्यक स्वास्थ्य तथा डायग्नोस्टिक सेवा समयमै उपलब्ध हुनु महत्वपूर्ण हुन्छ। नेसनल प्याथ ल्याबजस्तो विश्वासिलो संस्थासँग मेडिकल पार्टनरका रूपमा सहकार्य गर्न पाउँदा हामी खुसी छौं,” खड्काले भने।
उनले नेसनल प्याथ ल्याबको विशेषज्ञता र सहयोगले प्रतियोगिताभर टोलीलाई थप आत्मविश्वासका साथ अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सुदूरपश्चिम रोयल्स र नेसनल प्याथ ल्याबबीचको सहकार्यले खेलाडीको स्वास्थ्य सुरक्षाका साथै नेपाली क्रिकेटमा व्यावसायिक स्वास्थ्य अभ्यासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।


