निहाल, प्रदीप र निसान विजयी, टेनिस प्रतियोगिता र टी–१० लिगमा प्रतिस्पर्धा तीव्र
काठमाडौं, बैशाख १४ — १२औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्समा निहालजंगबहादुर थापा, प्रदीप खड्का र निसान श्रेष्ठ विजयी भएका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा सोमबार सम्पन्न खेलमा निहालले सास्वत वज्राचार्यलाई ६–३, ६–७ र ६–४ को प्रतिस्पर्धात्मक सेटमा हराए। प्रदीपले अंकित प्रमाणिकलाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दा निसानले दीर्घायु लामालाई समान ६–०, ६–० ले स्तब्ध बनाए।
महिला सिंगल्सतर्फ प्रकृति श्रेष्ठले प्रशंसा मोक्तानबाट वाकओभर प्राप्त गरिन्।
पुरुष डबल्समा अभिनव आचार्य/सक्षम शाहको जोडीले सन्जोग अधिकारी/सन्देश अधिकारीलाई ६–०, ६–१ ले हरायो। त्यस्तै, दर्शिल श्रेष्ठ/सास्वत वज्राचार्यले आशिष मैनाली/डेनियल बाँस्तोलालाई ६–०, ६–२ तथा निसान श्रेष्ठ/दावा शेर्पाले विपुल अधिकारी/सोमज श्रेष्ठलाई ६–०, ६–१ ले पराजित गरे।
भेट्रान ३५ वर्षमाथि सिंगल्समा उमिद शेर्पा, अंकित प्रमाणिक, छोमविक्रम शाह, श्रृजनमान सिंह, कुमार तामाङ र सुजेन श्रेष्ठ विजयी भए। डबल्समा मोलिस नकर्मी/समिर गुरुङ तथा नवीन श्रेष्ठ/धरमसिंह लामिछानेको जोडी सफल रह्यो।
भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भएको भेट्रान ४५ वर्षमाथि सिंगल्समा सगुनशमशेर राणा र कमलबहादुर भण्डारी विजयी भए भने डबल्समा रन्जिल बस्नेत/मनीष श्रेष्ठ तथा सेयसर गुरुङ/आशिष सिग्देलको जोडीले जित हात पारे।
भेट्रान ५५ वर्षमाथि सिंगल्समा चन्द्र शाही, सन्जिव श्रेष्ठ, टे ह्वान हुर, उत्तम बोगटी, मछिन्द्र थापा, निराजन श्रेष्ठ, सुनिल गुरुङ र विमलकुमार गुरुङ विजयी भए। सोही समूहको डबल्समा हेमचन्द्र गुरुङ/राजु गुरुङ तथा राजु राई/बाबुकृष्ण कार्कीको जोडी सफल रह्यो। ७० वर्षमाथि सिंगल्समा धीरबहादुर गुरुङ, ज्ञानेन्द्र ताम्राकार र दीपक श्रेष्ठ अघिल्लो चरणमा प्रवेश गरेका छन्।


