टेक्सपायर कर्पोरेट टी–१० लिगको दोस्रो दिन रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्।
पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेललाई २ रनले पराजित गर्दै रोमाञ्चक जित दर्ता गर्यो। क्लाउड फ्याक्ट्रीले १० ओभरमा ९९ रन बनाएकोमा कप्तान सुबोध ढुंगेलले अविजित ५२ रनको उत्कृष्ट योगदान दिए। जवाफमा एनसेल ९७ रनमै सीमित रह्यो। सुबोध ढुंगेल ‘म्यान अफ द म्याच’ घोषित भए।
दोस्रो खेलमा सुबिशुले सिप्रडीलाई ७ विकेटले हरायो। सिप्रडीले १०७ रन बनाएको लक्ष्य सुबिशुले ८.१ ओभरमै पूरा गर्यो। दमन चन्द अविजित ३९ रनसहित उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ बने।
तेस्रो खेलमा आईसिएफसी फाइनान्सले टेक्सपायरमाथि ९४ रनको एकतर्फी जित दर्ता गर्यो। आईसिएफसीले १४४ रन बनाएकोमा टेक्सपायर ५० रनमै समेटियो। सोमेश यादव ३९ रन र २ विकेटसहित उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ घोषित भए।
प्रतियोगितामा सहभागी टोलीहरूको प्रदर्शनसँगै लिगमा प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गएको छ।


