एभर स्किन एन्ड हेयर क्लिनिक बन्यो सुदूरपश्चिम रोयल्सको ‘ग्लो एन्ड पर्सनालिटी’ पार्टनर
असोज ११, काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले एभर स्किन एन्ड हेयर क्लिनिकसँग साझेदारी गरेको छ। क्लिनिक टोलीको आधिकारिक ‘ग्लो एन्ड पर्सनालिटी’ पार्टनर बनेको हो।
साझेदारीअन्तर्गत प्रतियोगिताका क्रममा रोयल्सका खेलाडीले क्लिनिकबाट छाला, कपाल तथा हेयर ट्रान्सप्लान्टसम्बन्धी विशेषज्ञ सेवा प्राप्त गर्नेछन्।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले खेलाडीको मैदानमा प्रदर्शनसँगै उनीहरूको स्वास्थ्य र आत्मविश्वासलाई पनि प्राथमिकता दिइएको बताए। एभर स्किन एन्ड हेयर क्लिनिकसँगको सहकार्यले खेलाडीलाई विशेषज्ञ सेवा उपलब्ध गराउन सहयोग पुग्ने उनको भनाइ छ।
क्लिनिकका निर्देशक डा. विवेक खड्काले खेलाडीको प्रदर्शनमा शारीरिक तयारीसँगै आत्मविश्वास र समग्र स्वास्थ्यको पनि भूमिका रहने बताए। रोयल्ससँगको सहकार्यले खेलाडीलाई सेवा दिनुका साथै वैज्ञानिक स्किन तथा हेयर केयरबारे जनचेतना विस्तारमा समेत सहयोग पुग्ने उनले बताए।




