श्री एयरलाइन्स बन्यो सुदूरपश्चिम रोयल्सको डोमेस्टिक एयरलाइन्स पार्टनर
काठमाडौं, असोज २१ गते ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्स र श्री एयरलाइन्सबीच सहकार्य भएको छ। श्री एयरलाइन्स टोलीको डोमेस्टिक एयरलाइन्स पार्टनर बनेको हो।
सम्झौताअनुसार एनपीएल अवधिभर श्री एयरलाइन्सले सुदूरपश्चिम रोयल्सका खेलाडी तथा टोली व्यवस्थापनको घरेलु हवाई यात्रालाई सहज बनाउन सहयोग गर्नेछ।
श्री एयरलाइन्सका कर्पोरेट निर्देशक अनिल मानन्धरले सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको विकासमा योगदान गर्न पाउनु गौरवको विषय भएको बताए।
यस्तै, सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले व्यस्त एनपीएल तालिकामा खेलाडी तथा टोली व्यवस्थापनको यात्रा सहज बनाउन यो साझेदारी महत्वपूर्ण हुने बताए।
उनका अनुसार श्री एयरलाइन्सको सहकार्यले टोलीको यात्रा थप व्यवस्थित हुनुका साथै नेपाली क्रिकेट र व्यवसाय तथा खेलकुद क्षेत्रबीचको सहकार्यलाई समेत थप बलियो बनाउन सहयोग पुग्नेछ।
यस साझेदारीसँगै एनपीएलको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सको टोली व्यवस्थापन र खेलाडीको घरेलु हवाई यात्रामा थप सहजता हुने अपेक्षा गरिएको छ।


