लालमटियाको होम ग्राउण्डमा भालुवाङको शानदार जित, फाइनलमा प्रवेश

दाङ, रामनगर असोज १३

अविरल वर्षाका कारण रोकिएको प्रथम खुला फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा फुटबल क्लब भालुवाङले युनाइटेड लालमटिया युवा क्लब ‘सेतो’लाई ५–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।

असोज १३ गते भएको खेलमा भालुवाङले उत्कृष्ट प्रदर्शन गर्दै ५ गोल गर्न सफल भयो। यता आयोजक टोली युनाइटेड लालमटिया ‘सेतो’ले भालुवाङविरुद्ध १ गोल फर्काएको थियो।

खेल हेर्न दर्शकको उल्लेख्य उपस्थिति रहे पनि मैदानमा अपेक्षाकृत प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल देख्न नपाएको प्रतिक्रिया दर्शकहरूले दिएका छन्। आफ्नै घरेलु मैदानको फाइदा उठाउँदै आयोजक टोलीले खेललाई आफ्नो पक्षमा पार्न सकेन।

प्रतियोगिताको फाइनल खेल असोज १४ गते दिउँसो युनाइटेड लालमटिया युवा क्लब ‘निलो’ र फुटबल क्लब भालुवाङबीच हुने आयोजक युनाइटेड लालमटिया युवा क्लबले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ