भोलि लमहीका विभिन्न क्षेत्रमा ५ घण्टा विद्युत् लाइन अवरुद्ध हुने

लमही, दाङ, २०८३ असोज १८

नेपाल विद्युत् प्राधिकरण, लमही वितरण केन्द्रले भोलि मिति २०८३ असोज १८ गते लमही क्षेत्रका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जनाएको छ।

लमही सबस्टेसनबाट वितरित ११ केभी मौरिघाट र भालुबाङ दुवै फिडरअन्तर्गत विद्युत् लाइन वरिपरि रहेका लहरा तथा हाँगा–बिँगा काट्ने कार्य गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भएको हो।

प्राधिकरणका अनुसार मौरिघाट फिडरअन्तर्गत लमही सबस्टेसनदेखि पूर्वतर्फ मौरिघाट हुँदै घोसखोलासम्म तथा भालुबाङ फिडरअन्तर्गत लमही सबस्टेसनदेखि पूर्वतर्फ पाखापानी सशस्त्र प्रहरी गेटसम्म विद्युत् सेवा प्रभावित हुनेछ।

विद्युत् सेवा बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म करिब ५ घण्टा अवरुद्ध रहने जनाइएको छ।

तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएमा सोहीअनुसार विद्युत् लाइन पुनः सञ्चालन हुन सक्ने नेपाल विद्युत् प्राधिकरण, लमही वितरण केन्द्रले जनाएको छ।

विद्युत् लाइन अवरुद्ध हुने भएकाले सम्बन्धित क्षेत्रका उपभोक्तालाई आवश्यक तयारी गर्न तथा असुविधाका लागि सहजीकरण गर्न प्राधिकरणले अनुरोध गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ