जापानमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतिस्पर्धा : नेपाली टोली ओसाका प्रस्थान

काठमाण्डौं, बैशाष ११ गते , २२औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली जापान प्रस्थान गरेको छ। अप्रिल २४ देखि २६, २०२६ सम्म जापानको ओसाका सहरस्थित ओहामा एरेनामा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका युवा खेलाडीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्।

टोलीलाई नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगी तथा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य कुमार लामा घिसिङले एक विशेष कार्यक्रमका बीच विदाई गरेका थिए। कार्यक्रममा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै देशको प्रतिष्ठा उँचो राख्ने विश्वास व्यक्त गरिएको थियो।

प्रतियोगितामा सहभागी खेलाडीहरूमा आरावी ग्यावाली (अन्डर–९ वर्ष, व्यक्तिगत पुम्से), विशेष चन्द्र गामी (अन्डर–११ वर्ष, व्यक्तिगत पुम्से), श्रेयान कार्की (अन्डर–११ वर्ष, व्यक्तिगत पुम्से) र आयुषा कार्की (–४९ केजी, क्योरुगी) रहेका छन्। यी खेलाडीहरू विभिन्न प्रतिष्ठित डोजाङ तथा विद्यालयबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्न तयारी अवस्थामा छन्।

टोलीका मुख्य प्रशिक्षक सरोज तामाङ रहेका छन् भने टोली व्यवस्थापकका रूपमा रुश्मा सुबेदी सहभागी छिन्। प्रशिक्षक तामाङले खेलाडीहरू लामो समयदेखि तयारीमा रहेको उल्लेख गर्दै प्रतिस्पर्धामा सकारात्मक नतिजा ल्याउने अपेक्षा व्यक्त गरे।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ