जनता मा.वि.कालाकाटेमा रक्तदान तथा रक्त समूह पहिचान गर्ने कार्यक्रम सम्पन्न१८ जनाले गरे रक्तदान
असार ३१, कालाकाटे । गढवा गाउँपालिका वडा नम्बर १, कालाकाटे स्थित श्री जनता माध्यमिक विद्यालायमा आज रक्तदान तथा रक्त समूह पहिचान कार्यक्रम सम्प्न्न भएको छ ।

जुनियर रेडक्रस सर्कल , जनता मा.वि.कालाकाटेको आयोजना र नेपाल रेडक्रस सोसाइटी, रक्त संचार सेवा केन्द्र घोराहीको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा १८ जनाले रक्तदान गर्नुभएको थियो भने जनता मा.वि.कालाकाटेमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत ३०७ जना विद्यार्थीहरुको रक्त समूह पहिचान गरिएको थियो ।

गढवा गाउँपलिका वडा नम्बर १ का अध्यक्ष श्री बाबुराम अधिकारीको विशेष उपस्थितिमा सम्पन्न उक्त अवसरमा राजकुमार योगी , योगनारायण चौधरी , भानु जीएम , देवीराम आचार्य , शंकर के.सी. , दिपक पोख्रेल ,भीमसेन पौडेल , विष्णु बोटे, धर्मराज पोख्रेल , वीरबहादुर पुन , देवेन्द्र पोख्रेल , गोविन्द न्यौपाने , बद्रीनाथ यादव , ज्ञानदास यादव , चित्रकली चौधरी , केशव पौडेल , तारा खड्का र दिवस वि.क. ले रक्तदान गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी , रक्त संचार सेवा केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपानेले आयोजक विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद खनाललाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो भने आयोजक विद्यालयका प्र.अ.ले संचार सेवाका प्रमुख न्यौपानेलाई कदर पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रम संयोजक मुक्तिप्रसाद शर्मा अधिकारीले उक्त कार्यक्रममा आर्थिक एवं भौतिकरुपमा सहयोग गर्नुहुने सहयोगदाताहरु कपिलदेव खनाल , सागर मरासिनी , दामोदर खनाल र शिबु मरासिनी तथा १८ जना रक्तदाताहरुलाई कदर – पत्र र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।














