आईटीएफ यू–१२ टेनिसमा सेमिफाइनल समीकरण पूरा, नेपाल भारतसँग भिड्ने

काठमाडौं, बैशाख २ गते ।सातदोबाटोस्थित टेनिस कोर्टमा जारी आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) अन्तर्गत ब्वाइजतर्फ बुधबार सेमिफाइनल समीकरण पूरा भएको छ। समूह ‘ए’ बाट भारत विजेता र श्रीलंका उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका छन् भने समूह ‘बी’ बाट पाकिस्तान पहिलो र नेपाल दोस्रो हुँदै अन्तिम चारमा पुगेका हुन्। अब…

सर्वसाधारणका लागि सातदोबाटोको पौडी पोखरी पुनः खुल्यो

काठमाडौं, बैशाख २ गते ।ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरभित्र रहेको आउटडोर पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। जाडोयामका कारण केही महिनादेखि बन्द गरिएको उक्त पोखरी गर्मी मौसम सुरु भएसँगै पुनः खुला गरिएको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभागका विभागीय प्रमुख भोजानन्द राईले पूजा गरी औपचारिक रूपमा पौडी पोखरी सञ्चालनको शुभारम्भ…

सचेत रहौँ, जंगल जोगाऔँ

राप्ती गाउँपालिकाको वडा नं. २ र ३ को जंगल क्षेत्रमा वन डढेलो तीव्र रूपमा फैलिँदै केही दिनअघि वडा नं. १ मा लागेको आगो नियन्त्रणमा आए पनि अहिले पश्चिमबाट पूर्वतर्फ पुनः फैलिने क्रम जारी छ ।यो गर्मीयाममा देशभरि नै वन डढेलोको जोखिम बढ्दो छ—सचेत रहौँ, जंगल जोगाऔँ

सातदोबाटो टेनिसमा भारत, पाकिस्तान र श्रीलंकाको दबदबा

काठमाडौं, बैशाख १ गते।भारत, पाकिस्तान र श्रीलंकाले आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) अन्तर्गत मंगलबार आ-आफ्ना खेलमा जित हात पारेका छन्। दोहोरो जित हात पारेको भारतले ब्वाइज तथा गर्ल्स दुवै विधामा प्रभावशाली प्रदर्शन गर्दै विजयी सुरुआत गरेको हो। दुवै विधामा भारतका लागि यो पहिलो खेल थियो। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको…

विजयनगरका विकास योजना अघि बढाउन मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र पेश

कपिलवस्तु । विजयनगर गाउँपालिकाले समग्र विकास र पूर्वाधार विस्तारका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष महत्वपूर्ण योजनासहित ज्ञापनपत्र पेश गरेको छ । नयाँ वर्ष २०८३ को अवसरमा गाउँपालिकाको भ्रमणमा रहनुभएका मुख्यमन्त्री आचार्यलाई गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा मगरले ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा गाउँपालिकाले सडक, सिंचाइ, नदी नियन्त्रण, शिक्षा तथा पर्यटकीय विकाससँग…

जनअपेक्षा अनुसार सेवा सुधारमा सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन प्रवद्र्धन, पारदर्शिता अभिवृद्धि तथा भ्रष्टाचार नियन्त्रणलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । नयाँ वर्ष २०८३ को अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले जनअपेक्षा अनुसार सेवाप्रवाहलाई सहज, प्रभावकारी र जनमैत्री बनाउनेतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो । उहाँले संविधानले प्रत्याभूत गरेका…

सम्पादकीय: सत्यको सारथी र आवाजविहीनको ‘चौतारी’

नेपालीहरूको मौलिक पहिचान, विश्रामको थलो र छलफलको साझा थलो हो— चौतारी। समयको गतिसँगै सञ्चारका माध्यमहरू फेरिएका छन्, तर निष्पक्ष सूचना र सत्य समाचारको तिर्खा अझै मेटिएको छैन। यही आवश्यकतालाई मध्यनजर गर्दै आज नयाँ वर्ष २०८३ को पहिलो सूर्योदयसँगै हामी ‘चौतारीन्युज डटकम’ लिएर तपाईंको डिजिटल स्क्रिनसम्म आइपुगेका छौँ। हाम्रो यात्रा केवल समाचार सम्प्रेषणमा मात्र सीमित हुने…