सांस्कृतिक मूल्य र मान्यताको संरक्षण गर्नु सबैको साझा दायित्वः मुख्यमन्त्री आचार्य

दाङ २०८३ ,कार्तिक, ४ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिँदै नेपाली समाजमा आपसी सद्भाव, भाइचारा र राष्ट्रिय एकता बलियो बनाउने बताउनुभएको छ । बडादशैं–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले विजयादशमी धार्मिक तथा सांस्कृतिक आस्थासँगै सत्य, न्याय, साहस र सकारात्मक परिवर्तनको प्रेरणा दिने महत्वपूर्ण पर्व…

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङ २०८३ असोज ३१ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ । वडादशैं–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले चाडपर्वहरू विविध जातजाति, भाषा, धर्म र संस्कृतिलाई जोड्ने साझा आधार भएको उल्लेख गर्नुभएको छ । यस्ता पर्वले नेपाली पहिचानलाई बलियो…

राप्तीमा चाडपर्व लक्षित बजार अनुगमन

मसुरिया, २९ असोज।दाङको राप्ती गाउँपालिकाले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै बजार अनुगमन सुरु गरेको छ। गाउँपालिकाले बिहीबार पालिकाका मुख्य बजार क्षेत्रका १७ वटा किराना पसलमा अनुगमन गरेको हो। उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउने, बजारमा हुन सक्ने अनियमितता नियन्त्रण गर्ने तथा व्यवसायलाई व्यवस्थित बनाउने उद्देश्यले सिसहनियाँ, मिलनचोक, पत्थरगढवा, पिपरी, बिजौरी र मौरीघट क्षेत्रका किराना…

राप्ती गाउँपालिकाद्वारा सव–इन्जिनियर गिरीलाई फेरि भेटौँला कार्यक्रमकाे आयोजना गरि बिदाइ

तुल बहादुर कवँर मगरमसुरिया, २९ असोज।दाङको राप्ती गाउँपालिकाले बढुवा भई पाल्पाको बगनासकाली गाउँपालिकामा जान लाग्नुभएकी सव–इन्जिनियर विष्णा गिरी खड्कालाई बिहीबार भेटौँला कार्यक्रमकाे आयोजना गरि बिदाई गरेको छ। गाउँपालिकामा करिब ५ वर्ष ३ महिना सव–इन्जिनियर पदमा रहेर सेवा गर्नुभएकी गिरीलाई गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाह तथा कर्मचारीहरूले टीका, पुष्पगुच्छा र सम्मानपत्र…

प्रदेशका अधिकार हस्तान्तरण गर्न संघीय सरकार उदासीन: मुख्यमन्त्री आचार्य

विराटनगर असोज २७ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदेशलाई दिएको एकल तथा साझा अधिकार संघीय सरकारले अझै हस्तान्तरण गर्न नसकेको बताउनुभएको छ । संविधान जारी भएको एक दशक बितिसक्दा पनि प्रदेशले आफ्नो अधिकारका लागि पटकपटक आवाज उठाउनुपर्ने अवस्था रहेको उहाँले बताउनु भएको हाे । कोशी प्रदेश सरकारले आयोजना गरेको मुख्यमन्त्री सम्मेलनको उद्घाटन सत्रलाई…

कुलपानी सामुदायिक वनको ३२औँ साधारणसभा, वन संरक्षण र पारदर्शितामा जोड

बालकृष्ण थापा क्षेत्री दाङ, बडहरा २०८३ असोज २५ दाङको गढवा गाउँपालिका–१, बडहरास्थित कुलपानी सामुदायिक वन उपभोक्ता समूहको ३२औँ साधारणसभामा सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन, पारदर्शिता र उपभोक्ताको सक्रिय सहभागितामा जोड दिइएको छ। कुलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा सामुदायिक वन महासंघका प्रवक्ता तीर्थराज ज्ञवाली प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा…

जनशक्ति सामुदायिक वनको २८औँ साधारणसभा सम्पन्न, वन संरक्षण र उपभोक्ताको हितमा जोड

बालकृष्ण थापा क्षेत्रीवनघुस्री, दाङ, असोज २४ गते। दाङको गढवा गाउँपालिका–१, वनघुस्रीमा रहेको जनशक्ति सामुदायिक वन उपभोक्ता समूहको २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा वनको वार्षिक प्रगति समीक्षा, आयव्यय विवरण, कार्ययोजना नवीकरण, वन संरक्षण तथा उपभोक्ताले भोगिरहेका समस्याबारे छलफल गरिएको छ। जनशक्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खुमबहादुर गाहा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सबडिभिजन वन…

राप्तीमा पराल र भुसा जलाउन रोक, गौशालालाई उपलब्ध गराउन आग्रह

भालुबाङ, २३ असोज।दाङको राप्ती गाउँपालिकाले धान काटेपछि खेतमा बाँकी रहेको पराल र भुसा नजलाउन किसानलाई आग्रह गरेको छ। गाउँपालिकाले पराल तथा भुसा जलाउँदा वातावरण प्रदूषण बढ्नुका साथै माटोको उर्वराशक्ति घट्ने र मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने भन्दै यस्तो कार्य नगर्न आग्रह गरेको हो। गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै पराल तथा भुसा जलाउँदा श्वासप्रश्वाससम्बन्धी रोगको…

नेपालका आठ विद्यालयमा ६० इजरायली स्वयंसेवकको शैक्षिक तथा पुनर्निर्माण कार्यक्रम सम्पन्न

काठमाडौं, २०८३ असोज २३ गते। इजरायली गैरसरकारी संस्था ‘हिरोज फर लाइफ’ (Heroes for Life) का ६० जना स्वयंसेवकले नेपालका काठमाडौं र ललितपुरस्थित आठ सरकारी तथा सार्वजनिक विद्यालयमा सञ्चालन गरेको स्वयंसेवा कार्यक्रम सम्पन्न गरेका छन्। शुक्रबार (९ अक्टोबर २०२६) जारी प्रेस विज्ञप्तिअनुसार स्वयंसेवकहरूले विद्यार्थीलाई सिर्जनात्मक तथा रमाइला सिकाइ गतिविधिमा सहभागी गराउनुका साथै विद्यालयको मर्मतसम्भार, रङरोगन र…

दलित बालिकाका माग सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य

दाङ, असोज २१ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दलित बालिकाको शिक्षा, सुरक्षा, स्वास्थ्य, समानता र नेतृत्व विकासका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभएको छ । दलित महिला संघ दाङको सहजीकरणमा प्रदेशका दलित बालिकाले तयार पारेको १० बुँदे मागपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले समाज रुपान्तरणका लागि युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले…