सामाजिक अभियानबाट सिकेको पाठ र युवाप्रतिको सन्देश
दाङ, २०८३, साउन, २१, बिहिबार, देउखुरीका युवा सामाजिक अभियन्ता सन्देश भण्डारी क्षेत्रीले आफ्नो २३ वर्षे जीवनयात्रा सार्वजनिक गर्दै सामाजिक अभियान, जनउत्तरदायित्व र युवाको भूमिकाबारे आफ्ना विचार व्यक्त गरेका छन्। गढवा गाउँपालिका–१, बनघुस्रीमा जन्मिएका भण्डारीले समाजका समस्या नजिकबाट देखेपछि सामाजिक अभियानमा सक्रिय भएको बताएका छन्। उनले हुलाकी राजमार्ग निर्माण सहजीकरण तथा पहल अभियान, राप्ती नदी बचाउ…


