लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

दाङ असोज २१ गते । लुम्बिनी प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयको निमित्त प्रदेश सचिवको जिम्मेवारी उपसचिव नारायण प्रसाद पौडेललाई दिएको छ ।मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयका वरिष्ठतम कर्मचारी पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रदेश सचिव भई कामकाज गर्न तोक्ने निर्णय गरेको हो । पौडेललाई आर्थिक तथा प्रशासनिक अधिकारसमेत…

राप्तीका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान

मसुरिया, २१ असोज।दाङको राप्ती गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। बुधबार गाउँ कार्यपालिकाको कार्यालयले शिक्षा नियमावली २०५९ (दशौं संशोधनसहित) को नियम ९३ काे उपनियम -२ तथा गाउँ शिक्षा समितिको निर्णयअनुसार प्रधानाध्यापक छनोट तथा नियुक्तिका लागि सूचना जारी गरेको हो। पालिकाभित्रका २६ वटा सामुदायिक विद्यालयमा रिक्त प्रधानाध्यापक पदका लागि सम्बन्धित विद्यालयको सोही…

एसियाली खेलकुद : मुकेशले बनाए नयाँ राष्ट्रिय कीर्तिमान, क्रिकेटमा नेपाल बाहिरियो

आइची नागोया, जापान असोज १३ । २०औँ एसियाली खेलकुदअन्तर्गत मंगलबार विभिन्न खेलमा नेपाली खेलाडीहरूले प्रतिस्पर्धा गरेका छन्। एथलेटिक्समा नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ भने क्रिकेटमा नेपाल क्वाटरफाइनलबाटै बाहिरिएको छ। एथलेटिक्समा मुकेशको नयाँ राष्ट्रिय कीर्तिमान पुरुष ५ हजार मिटर दौडमा मुकेशबहादुर पालले नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ। उहाँले निर्धारित दूरी १४ मिनेट ०३.६१ सेकेन्डमा पूरा गर्नुभयो।…

भारी वर्षाको पूर्वानुमानपछि राप्तीका विभिन्न स्थानमा माईकिङ,उच्च सतर्कता अपनाउन आग्रह

मसुरिया,८ असाेज।दाङको राप्ती गाउँपालिकाले भारीदेखि अतिभारी वर्षाको पूर्वानुमानपछि सम्भावित विपद्बाट जोगिन विभिन्न स्थानमा माइकिङमार्फत सचेतना फैलाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मौसम विज्ञान विभागका अनुसार आगामी असोज ९ देखि ११ गतेसम्म लुम्बिनी प्रदेशसहित दाङका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षा हुनसक्ने पूर्वानुमानपछि पालिकाले बाढी, डुबान र पहिरोको जोखिमलाई मध्यनजर गर्दै स्थानीयवासीलाई…

राप्ती र रुरुक्षेत्र गाउँपालिकाबीच सवारी साधन सहयोगका लागि द्विपक्षीय सम्झौता

मसुरिया, ७ असोज। दाङको राप्ती गाउँपालिका र गुल्मीको रुरुक्षेत्र गाउँपालिकाबीच बुधबार सवारी साधन सहयोगसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ। अन्तरपालिका सहयोग आदानप्रदान तथा सहकार्यको भावनालाई थप सुदृढ गर्ने उद्देश्यले राप्ती गाउँपालिकाले विद्युतीय सवारी साधन खरिदका लागि रुरुक्षेत्र गाउँपालिकालाई १० लाख रुपैयाँ वित्तीय हस्तान्तरण गर्ने निर्णय गरेको हो। राप्ती गाउँपालिकाको गाउँ कार्यपालिकाको निर्णयअनुसार उक्त रकम उपलब्ध गराउने…

लुम्बिनी प्रदेशमा घरेलु कार्यालयबाटै यातायात सेवा दिने निर्णय कार्यान्वयनमा आउँदै

दाङ, भदौ २५ गते । लुम्बिनी प्रदेश सरकारले यातायात सेवा विस्तार गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालयबाट समेत यातायातसम्बन्धी सेवा प्रवाह गर्ने निर्णय कार्यान्वयनमा ल्याउने भएको छ । यातायात सेवा सञ्चालन नभएका जिल्लामा घरेलु कार्यालयलाई यातायात सेवाको शाखाका रूपमा प्रयोग गरी सेवा दिने निर्णय कार्यान्वयनमा आउन लागेको हो ।आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात…

माफ बास्केटबलमा ४४ टोली

काठमाडौं, भदौ २५ गते ।म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ। प्रतियोगितामा तीन विधामा ४४ टोलीको सहभागिता रहने माफका सदस्य एवं गोल्डेनपिक हाइ स्कुलका प्राचार्य छत्रमणि राईले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १५, गल्र्सतर्फ १६ र जुनियर ब्वाइजतर्फ १३ टोलीले प्रतिस्पर्धा गर्नेछन्।…

दिल्लीमा मणिपुरका चर्चित संगीतकार चोंगथाम विक्रम सिंहको कुटपिटपछि मृत्यु

नयाँदिल्ली भदौ २४  मणिपुरका चर्चित संगीतकार तथा गिटारवादक चोंगथाम विक्रम सिंहको दक्षिण–पूर्वी दिल्लीस्थित किलोकरी क्षेत्रमा कुटपिटपछि मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ५४/५५ वर्षीय सिंहलाई सेप्टेम्बर ६ गते राति घरबाहिर होहल्ला गरिरहेका व्यक्तिहरूलाई आवाज कम गर्न आग्रह गरेपछि विवाद भएको थियो। विवाद बढ्दै गएपछि उनीमाथि समूहले कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ। गम्भीर घाइते भएका…

भोटेकोशी बाढीमा बेपत्ता राप्तीका चार नागरिक अझै भेटिएनन्, परिवारमा बढ्यो चिन्ताखोजीका लागि गाउँपालिका अध्यक्ष विष्ट प्रभावित क्षेत्रमा

तुलबहादुर कवँर मगरदाङ, १७ भदौ ।भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी सम्पर्कविहीन भएका दाङको राप्ती गाउँपालिकाका चार नागरिक अझै फेला परेका छैनन्। लामो समयसम्म आफन्तको सम्पर्कमा नआएपछि परिवारमा चिन्ता थपिँदै गएको छ। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि मजदुरीका लागि रसुवा पुगेका उनीहरू सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीन हुनेमा राप्ती गाउँपालिका–३ बसन्तपुरका २६ वर्षीय सर्वेस…

रोल्पाको चवीघाटमा तीनदिने १२ भदौ मेला, स्थानीय उत्पादनदेखि सांस्कृतिक प्रस्तुतिसम्म आकर्षण

बालकृष्ण थापा क्षेत्रीरोल्पा, १३ भदौ । रोल्पाको त्रिवेणी गाउँपालिका–३ चवीघाटमा परापूर्वकालदेखि लाग्दै आएको १२ भदौ मेला यस वर्ष पनि सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने मेलामा स्थानीय उत्पादनको बिक्री–वितरणसँगै खेलकुद, सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनका विभिन्न गतिविधि सञ्चालन भइरहेका छन्। चवीघाट क्षेत्रमा लामो समयदेखि परम्पराका रूपमा लाग्दै आएको यस मेलामा पछिल्ला वर्षहरूमा सहभागी हुनेको संख्या…